‘ग्रीन सिटी, क्लिन सिटी अभियान सुरु हुनु भनेको सबै घरको रंग हरियो हुने हैन’

पोखराका मेयर आचार्यको प्रस्टीकरणः

‘ग्रीन सिटी, क्लिन सिटी अभियान सुरु हुनु भनेको सबै घरको रंग हरियो हुने हैन’

dhanraj green city

पोखरा महानगरपालिकाले पोखरालाई ग्रीन सिटी, क्लिन सिट अभियानलाई मूर्त रुप दिने बताएको छ ।

बुधबार पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० सार्वजनिक समारोहमा मेयर धनराज आचार्यले पोखरालाई ‘ग्रिन सिटी’को रुपमा विकास गरिने बताउँदै स्याङ्जाको पुतलीबजार पर्पलसिटी, वालिङ पिंक सिटी भएजस्तै अब पोखरा ग्रीन सिटी हुने बताए ।

मेयर आचार्यले पोखराका घर भवनमा हरियो रङ लगाउने योजना पूरानै रहेको पनि उल्लेख गरे । ‘स्याङ्जामै पुतलीबजार पर्पल सिटी छ । वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’ उनले भने ।

यस्तै, पोखरा महानगरपालिकामा अब बन्ने घर तथा भवन ५ तलासम्म बनाउन महानगरले दिने भएको छ । यसअघि पोखरामा साढे ३ तलासम्म मात्रै बनाउन पाइने मापदण्ड थियो । तर, जग्गा र पैसा हुनेले मनलाग्दी घर तथा संरचना बनाउँदै आएका थिए ।

दिइएका उदाहरण हेर्नुहोस्,

वालिङ पिंक सिटी बनाइँदा घर, संरचनाहरु पिंक रंगकै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds