पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो वडा भित्र रहेका व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।
वडामा रहेका व्यवसायिक कृषकहरुको फार्मलाई अनुगमन गरि उत्पादन र क्रियाशिलताका आधारमा कृषि सामाग्री वितरण गरिएको वडा सदस्य विष्णुमणी बरालले जानकारी दिए ।
वितरण कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र रहेका व्यवासायिक किसानहरुको व्यवासायीक सफलता र प्रोत्साहनका लागि सामाग्री वितरण गरेको बताए ।
वडा नं. ७ लाई दुध तथा तरकारीमा आत्मानिर्भर बनाउन आफूहरु तत्पर रहेको बताउदै यसकालागि मेहनतका साथ लाग्न कृषकहरुलाई आग्रह गरे । व्यवासायिक कृषकका समस्या र माग पुरा गर्दै कृषि पेशमा लाग्न सबैलाई प्ररित गर्ने महानगरको नीति रहेको उनले उल्लेख गरे ।
कृषि संजाल पोखरा ७ का अध्यक्ष पंकज पौडेलले किसानको साथमा कृषि संजाल , वडा र सिङ्गो महानगर नै उभिएको बताउै अनुगमनका आधारमा हाल सीमित कृषकका लागि मात्र सामाग्री वितरण गरिएको भएपनि आगामी दिनमा उत्पादनमा क्रियाशिलताका आधारमा सबैलाई आवश्यकता अनुसारका सामाग्री वडा संगको पहलमा वितरण गरिने बताए ।
कृषक लक्ष्मी तिमिल्सीना अधिकारीले किसानको साथमा सिङ्गो वडा उभिएकोमा खुसी व्यक्त गर्दै कृषि कर्ममा थप उत्हासित भएर लाग्न हौसला मिलेको बताइन् ।
हालै सम्पन्न कौशी क्विनका उपविजेता पोखरा ७ निवासी हरि कुमारी श्रेष्ठले कौशी किसानीले आफुलाई तरकारीमा आत्मानिर्भर मात्र नबनाएर कौशीमै खेती गरि व्यवसायिक उन्मुख हुन प्रेरित गरेको अनुभव सुनाइन् ।
दैनिक १ सय १० लिटर दुध उत्पादन गर्दै आएका गाई पालक किसान कृष्ण प्रसाद रेग्मीले हाल सम्म कुनै अनुदान नपाएकोमा अहिले आएर वडा मार्फत घास पराल काट्ने चाप कटर प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।
हाल वडा भित्रका ६ जना व्यवसायिक कृषकको माग र आवश्यक्त्ताका आधारमा पानी टंकी, टनेल प्लाष्टिक र चाप कटर गरि करिब १ लाख २० हजारको सामाग्री वितरण गरिएको वडा सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा विमानस्थल निर्माणमा अनियमितता गरेका भए कसैलाई बाँकी नराखौं: पूर्व मुख्यमन्त्री अधिकारी
पोखराका मेयर आचार्य भन्छन्ः ‘मिडिया ट्रायल गरेर अनुमानको भरमा निष्कर्ष निकाल्ने कार्य अनुचित’
गण्डकी विश्वविद्यालय प्राध्यापक मञ्च गठन, अध्यक्षमा सिलवाल
देवी प्रतिभा २५ जना सदस्यसहित नेपाल आइपुगिन्, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
प्रतिभा फाउन्डेसनसँगको सहकार्यमा इन्फोम्याक्स कलेजको अत्याधुनिक भवन निर्माण सुरू
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य