पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो वडा भित्र रहेका व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।
वडामा रहेका व्यवसायिक कृषकहरुको फार्मलाई अनुगमन गरि उत्पादन र क्रियाशिलताका आधारमा कृषि सामाग्री वितरण गरिएको वडा सदस्य विष्णुमणी बरालले जानकारी दिए ।
वितरण कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र रहेका व्यवासायिक किसानहरुको व्यवासायीक सफलता र प्रोत्साहनका लागि सामाग्री वितरण गरेको बताए ।
वडा नं. ७ लाई दुध तथा तरकारीमा आत्मानिर्भर बनाउन आफूहरु तत्पर रहेको बताउदै यसकालागि मेहनतका साथ लाग्न कृषकहरुलाई आग्रह गरे । व्यवासायिक कृषकका समस्या र माग पुरा गर्दै कृषि पेशमा लाग्न सबैलाई प्ररित गर्ने महानगरको नीति रहेको उनले उल्लेख गरे ।
कृषि संजाल पोखरा ७ का अध्यक्ष पंकज पौडेलले किसानको साथमा कृषि संजाल , वडा र सिङ्गो महानगर नै उभिएको बताउै अनुगमनका आधारमा हाल सीमित कृषकका लागि मात्र सामाग्री वितरण गरिएको भएपनि आगामी दिनमा उत्पादनमा क्रियाशिलताका आधारमा सबैलाई आवश्यकता अनुसारका सामाग्री वडा संगको पहलमा वितरण गरिने बताए ।
कृषक लक्ष्मी तिमिल्सीना अधिकारीले किसानको साथमा सिङ्गो वडा उभिएकोमा खुसी व्यक्त गर्दै कृषि कर्ममा थप उत्हासित भएर लाग्न हौसला मिलेको बताइन् ।
हालै सम्पन्न कौशी क्विनका उपविजेता पोखरा ७ निवासी हरि कुमारी श्रेष्ठले कौशी किसानीले आफुलाई तरकारीमा आत्मानिर्भर मात्र नबनाएर कौशीमै खेती गरि व्यवसायिक उन्मुख हुन प्रेरित गरेको अनुभव सुनाइन् ।
दैनिक १ सय १० लिटर दुध उत्पादन गर्दै आएका गाई पालक किसान कृष्ण प्रसाद रेग्मीले हाल सम्म कुनै अनुदान नपाएकोमा अहिले आएर वडा मार्फत घास पराल काट्ने चाप कटर प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।
हाल वडा भित्रका ६ जना व्यवसायिक कृषकको माग र आवश्यक्त्ताका आधारमा पानी टंकी, टनेल प्लाष्टिक र चाप कटर गरि करिब १ लाख २० हजारको सामाग्री वितरण गरिएको वडा सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन