पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा ग्राजुएसन समारोह

ग्राजुएसन

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा ग्राजुएसन समारोह

डिन लिस्टमा पर्न सफल ३ विद्यार्थीलाई सम्मान

PCM Graduation (2)

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजबाट स्नातक तह उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा बुधबार ग्रेजुएसन समारोह सम्पन्न गरेको छ ।

कलेजका प्रिन्सिपल लिना नेगी श्रेष्ठका अनुसार समारोहमा बीबीए र बीसीआईएस कार्यक्रममा गरी कुल ८३ विद्यार्थीहरुलाई ग्रेजुएसन गरिएको थियो । उत्कृष्ट अंक ल्याउँदै डिन लिस्टमा पर्न सफल ३ जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । मनिषा पोख्रेल, प्रविणा सुवेदी र पूजा राजभाटलाई विशेष सम्मान गरिएको हो ।

समारोहमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हीतमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताए ।

कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीहरुलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराए ।

प्रिन्सिपल श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेन्ट गण्डकी प्रदेशको मात्र नभई उच्च शिक्षामा विशिष्टिकृत पहिचान दिंदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको दाबी गरिन् । १ हजार १ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र एक दर्जन उपकुलपति पदक र लक्ष्मी विद्या पदक प्राप्त गरिसकेको श्रेष्ठले बताइन् ।

प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीको असली परीक्षा अब सुरु भएको विचार राखिन् । कार्यक्रममा बीबीए कार्यक्रम संयोजक मनोज श्रेष्ठ, बीसीआइएस कार्यक्रम संयोजक हरिप्रसाद बराललगायत वक्ताहरूले विद्यार्थीहरुलाई व्यवसायीक तथा पेसागत जीवनको सफलताको कामना गरे ।

सम्मानित विद्यार्थीको तर्फबाट मनिषा पोख्रेलले बोल्दै आजको सफलतामा महत्वपूर्ण हात पीसीएम, अध्यापक गुरूजन, परिवार रहेकाे बताउँदै धन्यवाद व्यक्त गरिन् ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राडा टंकनाथ शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम उपप्राध्यापक दीपेन्द्र पहारीले सञ्चालन गरेका थिए । कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उनीहरुको अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बीबीए र बीसीआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको छ । कलेजले हालसम्म १७ ब्याच बीबीए र २ ब्याच बीसीआइएस अध्ययन गरेका विद्यार्थी पासआउट गरिसकेको छ ।

सम्बन्धित समाचारः

पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह सम्पन्न

पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) को दीक्षान्त

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds