पोखरा महानगर र कोरियाको चेयोङ याङ प्रान्त टोलीबीच खेलकुद विकासबारे छलफल

फलदायी भेट

पोखरा महानगर र कोरियाको चेयोङ याङ प्रान्त टोलीबीच खेलकुद विकासबारे छलफल

पोखराको खेलकुद विकासमा प्राविधिक र वैज्ञानिक प्रशिक्षणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता

korean team1

पोखरा महानगरपालिका खेलकुद विकास समिति र चेयोङ याङ प्रोभिन्स स्पोर्टस काउन्सिल, दक्षिणा कोरियाबीच पोखराको खेलकुद विकासबारे छलफल भएको छ ।

काउन्सिलका अध्यक्ष हान क्वाङ सेवोक, उपाध्यक्ष मिम क्यूङ हो र सल्लाहकार डाक्टर याङई वाई सहभागी तीन सदस्यीय प्रतिनिधिमण्डल र पोखरा महानगरपालिका खेलकुद विकास समितिको टोलीबीच बिहीबार पोखरामा भेटघाट भएको हो ।

भेटमा काउन्सिल अध्यक्ष क्वाङले विद्यालयदेखि खेलकुदको विकास गर्नुपर्ने र पोखराको खेलकुद विकासमा प्राविधिक र वैज्ञानिक प्रशिक्षणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आफूहरुको प्रान्तमा खेलाइने र पोखरामा पनि खेलिने टेबल टेनिस र बक्सिङको विकासमा पहिलो चरणमा सहयोग गर्ने बताए ।

महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पोखरा महानगरले खेलकुद विकासमा गरिरहेको कामबारे कोरियाली टोलीलाई जानकारी गराएका थिए । उनले सहकार्य गरेर दुई देशलाई खेलकुदमार्फत जोड्न सके त्यसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । कोरियाली टोलीले टेबल टेनिस र बक्सिङमा सहयोग गर्ने भनेर राखेको प्रस्तावबारे नगर प्रमुख धनराज आचार्यसँग छलफल गर्ने र थप निर्णय गर्ने उनले बताए ।

भेटमा पोखराका पूर्वउपमेयर, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष एवं पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष राजन पौडेल, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसी, महनगर खेलकुद विकास समिति सदस्य प्रिती बराललगायत सहभागी थिए ।

आगामी दिनमा महानगरपालिका र चेयोङ याङ प्रोभिन्स स्पोर्टस काउन्सिलबीच सम्झौता गरेर खेलकुद भगिनी सम्बन्ध कायम गर्ने विषयमा पनि सकारात्मक छलफल भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । त्यसका लागि मेयर आचार्यसँग छलफल गर्ने र काउन्सिलसँग इमेलमार्फत निरन्तर सम्पर्कमा रहने उनले सुनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds