पोखरा महानगरपालिका खेलकुद विकास समिति र चेयोङ याङ प्रोभिन्स स्पोर्टस काउन्सिल, दक्षिणा कोरियाबीच पोखराको खेलकुद विकासबारे छलफल भएको छ ।
काउन्सिलका अध्यक्ष हान क्वाङ सेवोक, उपाध्यक्ष मिम क्यूङ हो र सल्लाहकार डाक्टर याङई वाई सहभागी तीन सदस्यीय प्रतिनिधिमण्डल र पोखरा महानगरपालिका खेलकुद विकास समितिको टोलीबीच बिहीबार पोखरामा भेटघाट भएको हो ।
भेटमा काउन्सिल अध्यक्ष क्वाङले विद्यालयदेखि खेलकुदको विकास गर्नुपर्ने र पोखराको खेलकुद विकासमा प्राविधिक र वैज्ञानिक प्रशिक्षणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आफूहरुको प्रान्तमा खेलाइने र पोखरामा पनि खेलिने टेबल टेनिस र बक्सिङको विकासमा पहिलो चरणमा सहयोग गर्ने बताए ।
महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पोखरा महानगरले खेलकुद विकासमा गरिरहेको कामबारे कोरियाली टोलीलाई जानकारी गराएका थिए । उनले सहकार्य गरेर दुई देशलाई खेलकुदमार्फत जोड्न सके त्यसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । कोरियाली टोलीले टेबल टेनिस र बक्सिङमा सहयोग गर्ने भनेर राखेको प्रस्तावबारे नगर प्रमुख धनराज आचार्यसँग छलफल गर्ने र थप निर्णय गर्ने उनले बताए ।
भेटमा पोखराका पूर्वउपमेयर, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष एवं पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष राजन पौडेल, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसी, महनगर खेलकुद विकास समिति सदस्य प्रिती बराललगायत सहभागी थिए ।
आगामी दिनमा महानगरपालिका र चेयोङ याङ प्रोभिन्स स्पोर्टस काउन्सिलबीच सम्झौता गरेर खेलकुद भगिनी सम्बन्ध कायम गर्ने विषयमा पनि सकारात्मक छलफल भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । त्यसका लागि मेयर आचार्यसँग छलफल गर्ने र काउन्सिलसँग इमेलमार्फत निरन्तर सम्पर्कमा रहने उनले सुनाए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन