६ वर्षसम्म सन्तान जन्मिएन भनेर पत्नीलाई सामूहिक बलात्कार गराउने पुरूष पक्राउ

अपराध

६ वर्षसम्म सन्तान जन्मिएन भनेर पत्नीलाई सामूहिक बलात्कार गराउने पुरूष पक्राउ

rap by husband

भारतको मध्यप्रदेश राज्यस्थित मुरेना नगरमा एक नालायक पुरूषले आफ्नै पत्नीको सामूहिक बलात्कार गराएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुरैना जिल्लाको बसैया थानामा यसबारे उजुरी परेको छ । आरोपित पुरुषकै सासुले प्रहरीमा उजुरी दिएकी हुन् । बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका कारण ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना प्रकाशमा आएको ती महिलाको भनाइ छ ।

६ फेब्रुअरीका दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले आरोपपत्रमा उल्लेख गरेकी छन् ।

बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ ।

प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ