स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृति कप २०८० को भलिबल प्रतियोगितामा स्याङ्जा र बाग्लुङ उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार भएको सेमिफाइनलमा पहिलो र दोस्रो सेट गुमाए पनि खेलमा फर्केर स्याङ्जाले नवलपुरलाई ३-२ को सेटमा १९–२५, १९–२५, २५–१५, २५–१९ र १५–१३ अङ्कले पराजित गरेको थियो र पर्वतलाई बाग्लुङले ३-१ को सेटमा २५–२१, २५–१९, २०–२५ र २५–१६ अङ्कले पराजित गरेसङ्गै स्याङ्जा र बागलुङ फाइनलमा भिड्ने भएका हुन् ।
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी नगर खेलकुद विकास समितिको समन्वयमा `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल्कुद´ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता गरिएको खेल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।
खेल संयोजक दर्लामीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने ६ वटा विभिन्न विधा उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर र सर्भर समेतले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका-२ धुर्कोटका सन्तोष थापाको गत कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
आइतबारसम्म हुने प्रथम सन्तोष थापा स्मृतिकपको आमन्त्रित जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, नवलपुर, तनहुँ, कास्की, बाग्लुङ र लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?