पोखरा कप विद्यालयस्तरीय क्रिकेटः सगरमाथा र अमरसिंहको जीत

क्रिकेटः

पोखरा कप विद्यालयस्तरीय क्रिकेटः सगरमाथा र अमरसिंहको जीत

छक्का क्याच गर्ने दर्शकलाई एक हजार

cricket bidhyala (1)

पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय विजयी भएका छन् ।

बि–बग इभेन्ट्सको आयोजनामा र एक्स्पर्ट एजुकेसन एण्ड भिजा पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स माध्यमिक विद्यालय र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् ।

पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३०२ रनको विजयी लक्ष्य कुमुदिनी होम्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८३ रनमा समेटिएको हो । कुमुदिनी होम्सका लागि अनन्त सुवेदीले १६ र समिप दासले १४ रन बनाउनुबाहेक अन्य व्याटरले राम्रो रन बनाउन सकेनन् । बलिङमा सगरमाथाका सत्यजित शर्मा र किर्बिन श्रेष्ठले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले किर्बिन श्रेष्ठको दोहोरो शतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । किर्बिनले ७४ बलमा शानदार दोहोरो शतक प्रहार गरेका थिए । उनी २०४ बलमा अविजित रहे । मोहमम्द मियाले ५७ रनको योगदान दिए । बलिङमा कुमुदिनी होम्सका लक्की गुप्ताले २ र संकल्प पौडेलले एक विकेट लिए । दोहोरो शतक प्रहार गरेका किर्बिन प्लेयर अफ द म्याच बने ।

शनिबार नै भएको दोस्रो खेलमा अमरसिंह माविले एसओएस गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । एसओएस गण्डकीले दिएको ९८ रनको लक्ष्य अंमरसिंहले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । अंमरसिंहका सुमन पन्तले ३६, विमोचन सापकोटाले २२ र कल्यान कुमालले १९ रन बनाए । बलिङमा एसओएस गण्डकीका कपिल पौडेलले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको एसओएस गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । एसओएस गण्डकीका कपिल पौडेलले अविजित ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । बलिङमा अंमरसिंहका सुस्मत गौतमले सर्वाधिक २ विकेट लिए । खेलको लेयर अफ द म्याच अमरसिंहका सुमन पन्त घोषित भए ।

प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

छक्का क्याच गर्ने दर्शकलाई एक हजार

पोखरा रंगशालामा जारी पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा छक्का आएको बललाई क्याच गर्ने दर्शकलाई पुरस्कार दिने भएको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा खेलाडीले प्रहार गर्ने प्रत्येक छक्का क्याच गर्ने दर्शकलाई पुरस्कार दिने प्रतियोगिता संयोजक उदीप ढुंगानाले जानकारी दिए ।

दर्शकलाई क्याच गरेवापत प्रत्येक क्याचको एक हजार प्रदान गरिने ढुंगानाले सुनाए ।

फागुन ९ गतेबाट सुरु भएको प्रतियोगिता १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा कास्कीको १२ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ