पोखरामा सुनका गरगहना र नगद चोरी गर्ने ३ जना पक्राउ

पोखरामा सुनका गरगहना र नगद चोरी गर्ने ३ जना पक्राउ

sun-chor

पोखरा । पोखराबाट करिब ८ लाख रुपैयाँ बराबरको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा ३ जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ३ घर भई पोखरा–२६ बस्ने विशन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी नगरपालिका ढोरफिर्दी घर भई पोखरा २६ बस्ने अर्जुन नेपाली छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरस्थित सम्पदा टोलबाट सुनका गरगहना र नगद चोरी गरेका थिए ।

उनीहरुको साथबाट माईली तिलहरी १ थान, मंगलसूत्र २ थान, झुम्का २ थान, बेरुवा औंठी १ थान, जाली औंठी १ थान र नगद १ लाख १६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले फागुन १ गते पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबिरुद्ध चोरीसम्बन्धी मुद्धामा ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ