स्याङ्जाको चापाकोटमा सञ्चालित स्वर्गीय सन्तोष थापा स्मृति कप २०८० को भलिबल प्रतियोगितामा स्याङ्जालाई पराजित गर्दै बागलुङले उपाधि जित्न सफल भएको छ ।
आइतबार भएको फाइनलमा पहिलो सेट गुमाएपछी खेलमा फर्केर बागलुङले स्याङ्जालाई ३-१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले पराजित गरेर प्रथम स्व. सन्तोष थापा स्मृति कपको उपाधि हासिल गरेको हो ।
विजेता भएको बागलुङ जिल्लाले उपाधिसङ्गै १ लाख ५० हजार नगदसहित ट्रफी र मेडल, उपविजेता भएको स्याङ्जा जिल्लाले १ लाख नगदसहित ट्रफी र मेडल तथा तृतीय स्थान प्राप्त गरेको पर्वत जिल्लाले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका हुन् ।
त्यस्तै खेल अवधिमा उत्कृष्ट खेलाडी बनेका बागलुङका रवि के.सी., उत्कृष्ट स्पाईकर बागलुङका रेशम छन्त्याल, उत्कृष्ट ब्लकर पर्वतका रुपेन्द्र नेपाली, उत्कृष्ट सेटर बागलुङका मीन सुनार, उत्कृष्ट डिफेन्डर बागलुङका कुन्जन शाही र उत्कृष्ट सर्भर स्याङ्जाका बिजय थापा तथा उत्कृष्ट कोच बागलुङका सुरेन्द्र के.सी.ले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गरेका हुन् ।
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी नगर खेलकुद विकास समितिको समन्वयमा `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल्कुद´ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता गरिएको खेल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।
गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका-२ धुर्कोटका सन्तोष थापाको गत कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
आइतबारसम्म रहेको प्रथम सन्तोष थापा स्मृतिकपको आमन्त्रित जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, नवलपुर, तनहुँ, कास्की, बागलुङ र लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला