Photo : CAN
काठमाण्डाै। नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिक गरेको छ । यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राखेको क्यानले जनाएको छ ।
पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जनाले मासिक एक लाख रुपैयाँ तलब पाउनेछन् । यस्तै पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जनाले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जनाले २५ हजार रुपैयाँ तलब पाउनेछन् ।
यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर गरी ३ जनाले मासिक ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ । यस्तै ‘बी’ श्रेणीमा परेकी एकमात्र खेलाडी कविता कुँवरले ३५ हजार, ‘सी’ श्रेणीमा परेका पूजा महतो र अश्मिना कर्माचार्यले ३० हजार, ‘डी’ श्रेणीका ४ जनाले २५ हजार तथा उदीयमान श्रेणीमा परेका ८ जनाले २० हजार रुपैयाँ पाउनेछन् ।
सम्बन्धित खबर
आजदेखि ओलम्पिक सुरु, नेपालबाट ७ खेलाडीको सहभागिता
यू–२० बुद्धिचाल प्रतियोगिता: ईश्वर बने च्याम्पियन
यु २० बुद्धिचाल प्रतियोगिता : पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न
महिला एशिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात
पोखरामा यू–२० चेस प्रतियोगिता हुने
यमालले तोडे पेलेको ६६ वर्ष पूरानो कीर्तिमान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग