‘म्याकुरी’ कुटेको आरोपमा शर्मिला वाइबा पक्राउ

‘म्याकुरी’ कुटेको आरोपमा शर्मिला वाइबा पक्राउ

sarmila-waiba

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले बताए। उनलाई कुटपिटको अभियोगमा पक्राउ गरिएको खत्रीले जानकारी दिए।

कलाकार पवन खतिवडाको उजुरीमा वाइबालाई पक्राउ गरिएको छ। आफूलाई कुटपिट गरेको भन्दै खतिवडाले वाइबा विरुद्ध उजुरी दिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

कलाकार खतिवडा र उनकी पत्नी सुम्निमा खालिङबीच विवाद चलिरहेको छ। यसै विषयलाई लिएर वाइबाले कुटपिट गरेको खतिवडाले दिएको उजुरीमा उल्लेख छ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको कुटपिट आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ