पोखरा । पोखराको जिरो किमी स्थित एक होटलबाट जुवातास खेलिरहेका अवस्थामा ९ जना पक्राउ परेका छन्।
बिहीबार साँझ साढे ६ बजेतिर पोखरा महानगरपालिका –५ जिरो किमी स्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद ९३ हजार ८१० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पोखरा –५ प्रस्याङ बस्ने वर्ष ५१ को काजिमान बल, पोखरा –५ मालेपाटन बस्ने वर्ष २३ को अन्तिम भन्ने अस्मिन गुरुङ, बाग्लुङ गलकोट घर भई पोखरा –५ जिरो किमी बस्ने वर्ष ४१ को मन बहादुर दमै, पोखरा –५ बस्ने वर्ष ३२ को टोप बहादुर श्रीस, पोखरा –५ जिरो किमी बस्ने वर्ष २८ को सुशान्त ठाकुर पोखरा –५ मालेपाटन बस्ने वर्ष ३३ को शितल कार्की, पोखरा –३ बस्ने वर्ष ३५ को बिकास गुरुङ, पोखरा –१८ सराङकोट बस्ने बर्ष ४० को रमेश पराजुली, पोखरा –५ फुलवारी बस्ने वर्ष ३० को कृष्ण बहादुर छन्त्याल रहेका छन्।
उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ