रातको समय । पर्यटकीय क्षेत्र लेकसाइड । जहाँ नजिकै वडा प्रहरी कार्यालय बैदाम पनि छ । रेडियो सेट (वाकिटाकी) बोकेर दुई जना लेकसाइडमा हल्ला गर्दै हिँडे। प्रहरीको ठूलै व्यक्ति हौं भन्दै स्थानीयलाई प्रहरीको रवाफ दिदैं आतंक मच्चाए।
त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ती दुईलाई नियन्त्रणमा लिए ।
प्रहरी भन्दै हल्ला गर्दै हिँडेका पोखरा महानगरपालिका–६ शान्तिनगरचोक बस्ने ३२ वर्षीय नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका–७ घर भइ पोखराको फुलबारी बस्दै आएका २१ वर्षीय विकेक ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले जानकारी दिए।
ठाकुरको साथबाट एक थान वाकिटाकी बरामद गरिएको छ । सुरुमा प्रहरीले सम्झाउन खोजेपनि उल्टै अभद्र व्यवहार गरेको उनको भनाइ छ।
‘प्रहरीले सम्झाइ बुझाइ गर्दा उल्टै ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द गालीगलौज गरेपछि अभद्र व्यवहार मुद्वामा पक्राउ गरिएको छ’, उनले भने।
अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक रानाले जानकारी दिए।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो