कास्की प्रहरीले मोडिफाइ (स्वरुप परिवर्तन) गरिएका मोटरसाइकललाई टार्गेट गरी विशेष चेकजाँचलाई तीब्रता दिएको छ । पोखरा नै थर्काउने गरी साइलेन्सर पाइपबाट आगोको मुस्लो निकाल्नेहरु मूख्य टार्गेटमा छन् ।
६ महिनाबीचमा नै कास्की प्रहरीले झण्डै ७ सय बाइकधनीलाई कारबाही गरी पूर्ववत् स्वरुपमा फर्काएको छ ।
समाजमा ध्वनी प्रदूषण फैलाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा मोडिफाइ बाइक कारबाही गर्ने अभियान थालेको हो ।
बढी आवाज निकाल्दै दुःख दिएको भन्ने गुनासो बढ्न थालेपछि अभियानकै रुपमा अघि बढाएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सूर्यबहादुर रानाले बताए ।
प्रहरीलाई झुक्याउनका लागि स्टार्ट गर्ने चाबी एकातिर र देखाउने चाबी अर्कातिर बनाएको पनि भेटिएको छ ।

विशेष गरी बुलेट र क्रसफायर बाइक मोडिफाइ बढी गरेको भेटिएको छ । साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर फेर्ने, हेन्डल परिवर्तनसंगै विभिन्न स्थानमा चाबी राख्ने गरेको भेटिएको छ ।
पहिलो पटकमा सवारीको ढाँचा जुन हो त्यही बनाउने र ट्राफिक जरिवाना अनुसार कारबाही गरी परिवारको जिम्मा लगाएर छाड्ने गरएको छ । दोस्रो पटक पनि त्यस्तै भएमा यातायात व्यवस्था कार्यालयमा पठाएर सोही अनुसार कारवाही गर्ने गरिएको कास्की ट्राफिक प्रमुख इन्स्पेक्टर भानु शर्माले जानकारी दिए ।
मोडिफाई गर्ने वर्कसपहरु उनीहरुबाटै पत्ता लगाउने र ती वर्कसप चलाउनेलाई पनि पहिलोपटक लिएर आएर सचेत गराउने र दोस्रो पटक पनि त्यहि काम गरेको भेटियो भने हामी मुद्दा चलाउने गरिएको छ ।
कास्की प्रहरीले आज पत्रकारहरुमाझ समातिएका मोटरसाइकल प्रदर्शनी गर्दै कसरी ध्वनी प्रदुषण गरिरहेका छन् भनेर पनि देखाएका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो