पोखरा । पोखरामा आज महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए ।
उनले पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारहरुसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले बताए ।
उनले टिभीमा जोडिन नपाएका दर्शकहरुले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न पाउने उल्लेख गरे । यात्रालाई लिएर भण्डारी आशावादी देखिन्छन् ।
पत्रकार सम्मेलनमा बोल्दै दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा मार्फत जोडिन पाउँदा खुशी लागेको बताइन् । उनका अनुसार कमेडी च्याम्पिएनका कारण नेपालमा नयाँ हाँस्यकलाकारहरुले अवसर पाएका छन् । पोखरामा हुने उक्त कार्यक्रमले हाँस्यकलाकारितामा फरक छाप छाड्ने उनले बताइन् ।
पोखराको कार्यक्रमका लागि सहकार्य गरिरहेको पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार पोखराको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ । खल्तीबाट समेत टिकट काट्न सकिने उनले बताइन् । पोखरा बासीका लागि महाकमेडी विथ महाजात्रा महत्वपूर्ण रहेको भनाई उनको छ । दर्शकको सहभागिता उल्लेखिय रहनेमा उनी विश्वस्त छिन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाले समेत सहकार्य गरेको छ ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु