पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिने भएको छ ।
पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई संघको बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखा सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।
उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आले मगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल (परिज्ञान साप्ताहिक), सीता दर्नाल (रुपन्देही), मनिता राई (सुनसरी), सविता तिवारी (गैडाकोट) सम्मानित भइसकेका छन् ।
तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने संघका कोषाध्यक्ष ओम उपाध्याय बताउँछन् ।
यो वर्ष सम्मानित हुने तामाङ माछापुच्छे गाउँपालिका–९ कास्कीका वासिन्दा हुन् । पिता जुतबहादुर र माता फिस्टी तामाङको कोखबाट जन्मेकी उनी लामो समयदेखि खोज मिडियामा संलग्न छन् ।
विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभवसमेत रहेकी तामाङ भिडियोग्राफी, फोटोग्राफी र समाचारवाचनतर्फकी कुशल प्रस्तोता हुन् ।
उनीसँग विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर कार्यसम्पादन गरेको अनुभवसमेत छ ।
तामाङलाई यही फाल्गुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोह बीच सम्मान अर्पण गरिने शाखा अध्यक्ष असफल गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन