विद्यालयबाट फर्किँदा सेतीमा हामफालेका १६ वर्षीय सुगमको खोजीका लागि बाँध खोलिँदै

बेपत्ता

विद्यालयबाट फर्किँदा सेतीमा हामफालेका १६ वर्षीय सुगमको खोजीका लागि बाँध खोलिँदै

मंगलबार बिहान १० देखि २ बजेसम्म बाँध खोलिने, नदी आसपास नजान र सतर्क रहन आग्रह

pug pul

पोखरा । गत फागुन १८ गते विद्यालयबाट घर फर्किनेक्रममा सेतीमा हामफालेका सुगम बास्तोलाको हालसम्म अवस्था थाहा हुन सकेको छैन ।

पोखरा महानगरपालिका वडा नं. ११ का १६ वर्षका सुगम फागुन १८ गते साँझ ५ बजेतिर सेती नदीमा हामफालेकोमा हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

नदीपुरस्थित सेती नदी माथिको पुरानो पुलबाट हामफालेर वेपत्ता सुगमको खोजीका लागि आफन्तको आग्रह बमोजिम सेती बाँध खोलेर खोजी गर्न लागिएको छ ।

सुगम पोखराको नदीपुरस्थित बाल मन्दिरमा कक्षा १० मा अध्ययनरत थिए । स्रोतका अनुसार उनकी आमाको २ वर्ष अघि नै क्यान्सरका कारण निधन भइसकेको छ । उनका बुबा र एक बहिनी छन् ।

एसईईका लागि तयारीमा रहेका सुगम सहितको साथीको सो दिन विद्यालयमा बिदाई कार्यक्रम थियो । उनले केटी साथीहरुसँग आज त म मर्ने दिन हो भनेर हिँडेका थिए । पर्स र मोबाइल झिकेर फाल्दै बाईबाई गरेर पुलतिर गएको साथीहरुले बताएका छन् ।

उनले पुल नजिकै पुगेर एक महिलासँग ‘यहाँबाट हाम्फाल्दा मरिन्छ कि मरिँदैन अण्टी ?’ भनेर सोधेछन् । ति महिलाले ‘यहाँबाट हाम्फालेको त कोहि बाँचेका छैनन्’ भनेपछि पुलमा गएर ढुंगा हानेर एकछिनपछि पुलबाट हाम्फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुगम हाम्फालेको सीसी टिभी फुटेजमा देखिएको छ । खोजी कार्यमा जुटेका प्रहरीका अनुसार भित्तामा रगत देखिएको छ ।

कास्की प्रहरीले भोलि मंगलबार सेती नदी बाँध खोल्ने भन्दै सूचित गरेको छ ।  नदीमा पानीका बहाव बढाएर वेपत्ताको खोजी गर्न लागिएको छ । मंगलबार बिहान १० देखि दिउँसाे २ बजेसम्म बाँध खोलिने हुँदा सेती नदी आसपास नजान र सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ