प्याराग्लाइडिङका क्रममा रुखमा अड्किएका दुईको उद्धार

प्याराग्लाइडिङका क्रममा रुखमा अड्किएका दुईको उद्धार

पोखरा सराङकोटका रविन्द्र ढकालले उडाएका थिए

Paragliding-Udayapur

रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रमा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित उनीहरु नवोदय सामुदायिक बन चप्पनको जंगलमा करीब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

कास्कीको पोखरा महानगरपालिका १८ सराङकोट बस्ने २९ वर्षीय रविन्द्र ढकाल (पाइलट) र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेत सोमबार रुखमा अड्किएका थिए ।

उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds