पोखरा/नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् ।
स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो ।
भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए ।
खुला पुरुषतर्फ आभान विजेता हुँदा सुजन आचार्य द्वितीय, आरभ श्रेष्ठ र शक्ति शर्मा तृतीय भए । महिला विधामा आशुका रञ्जित द्वितीय, करिश्मा वली र अमिषा भण्डारी तृतीय भए । बिगिनर्समा रिजन बुद्धाचार्य द्वितीय, जेम्स शाक्य र प्रसुन बुद्धाचार्य तृतीय भए ।
प्रतियोगितामा प्रथम हुनेले मेडल र प्रमाणपत्रसहित समान ८/८ हजार रूपैयाँ प्राप्त गरे । द्वितीय हुनेले ४/४ हजार रुपैयाँ र तृतीय भएका दुईजनाले २/२ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदार, स्क्वास ¥याकेट एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखे, महानगर खेलकुदका सदस्य सचिव सुभाष खड्का, स्क्वास ¥याकेट एसोसिएसन गण्डकी अध्यक्ष अशोक रञ्जितले नगद, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा ३८ जना खेलाडी सहभागी भएको स्क्वास ¥याकेट एसोसिएसन कास्की सचिव सन्तोष घिमिरेले जानकारी दिए ।
समापनका कार्यक्रममा स्क्वास खेलाडी टकबहादुर तिलिजाले स्कवास खेलको विकासका लागि तीन थान ¥याकेट स्क्वास ¥याकेट एसोसिएसन कास्कीलाई हस्तान्तरण गरेका थिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ