करेन्ट प्रवाह भइरहेको बिजुलीको तार गुडिरहेको बसमाथि खस्यो भने त्यसपछिको अवस्था कति भयाभह होला ? भाग्यवश, यस्तो हुनबाट जोगिएको छ ।
पोखरामा बुधबार बिहान गुडिरहेको स्कूल बसलाई एक्कासी पोल भाँचिएर किच्यो । लत्रिएको तार बसभन्दा थोरै माथि हुँदा त्यसभित्र रहेका बालबालिका जोगिएका छन् ।
पोखरा नदीपुरस्थित न्यू ग्यालेसी माविको बस विद्यार्थी लिन जानेक्रममा बिहान साढे ९ बजे लामाचौरस्थित भक्ति पथमा पुगेको थियो । ठीक त्यसैबेला सिमेन्टको विद्युत खम्बा ढल्यो र बसलाई किच्यो । सौभाग्यले करेन्ट प्रवाह भइरहेको तारले थोरै मात्रले बसलाई छोएन र त्यसभित्रका सबैजना विद्यार्थी, चालक, सहचालक बाँच्न सकेका हुन् ।
विद्यालयका संस्थापक प्राचार्य डा. रामजी शर्माका अनुसार बस गुडिरहेकै अवस्थामा बिजुलीको पोल भाँचिएर बसमाथि परेको हो ।
‘बिहान ब्यस्त बाटोमा विद्यार्थी बोकिरहेको स्कुल बस माथि करेन्ट सहितको बिजुलीको पोल अचानक भाँच्चिएर खस्यो । भाग्यवस यो एम्बुसबाट स्थानीय जनताको क्वीक रेस्क्यूका कारण विद्यार्थीहरू जोगिन सफल भएका छन्’, शर्माले भने – ‘बसमा खम्बा अल्झिएकाले ब्यस्त समयमा हिँडिरहेका पैदलयात्रुहरू पनि करेन्टबाट जोगिन सफल भए । जीर्ण विद्युत खम्बाबारे जिम्मेवार निकायको गैरजिम्मेवार प्रतिक्रिया आयो ।’

पोखराका जीर्ण विद्युत पोल तथा खम्बाहरु मर्मत तथा फेर्न ढिलाई गर्न हुँदैन ।
यसअघि, २०७४ साउन २६ गते पोखराको शिशु निकेतन तथा राष्ट्रिय माविका शिक्षक विष्णु बस्ताकोटी रानीपौवामा मोटरसाइकलमा गुड्दै गर्दा बिजुलीको तार चुडिएर खसी एक्कासी करेन्ट लागेको थियो । अढाइ महिना लामो उपचारपछि पनि निको हुन नसकेका उनको २६ वर्षको उमेरमै मृत्यु भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन