पुम्दीकोट महादेव मूर्ति पूज्न एकै दिन १० हजार बढी दर्शनार्थी

महाशिवरात्रि पर्व:

पुम्दीकोट महादेव मूर्ति पूज्न एकै दिन १० हजार बढी दर्शनार्थी

mahashivaratri (2)

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दी भुम्दीमा रहेको विशाल महादेवको मूर्ति परिसरमा आज यो वर्षकै सबैभन्दा बढी भिड लागेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा आज बिहानैदेखि दर्शनार्थी र पर्यटकहरूको अत्यधिक भिड भएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

बरालका अनुसार आज महाशिवरात्रि पर्वको अवसरमा १० हजारभन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर (महादेव) को दर्शन गर्न तथा दूध चढाउन आएका छन् । दर्शनार्थीहरुले उक्त बिशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय ८ शिव लिङ्गमा दूध समेत चढाएका छन् ।

बिहानैदेखि अत्यधिक भिड भएकोले यसे क्षेत्रमा ट्राफिक व्यवस्थापनदेखि दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे भएको छ ।

यसैबीच पोखराका विभिन्न शिवालय मन्दिरहरूमा आज धुमधामका साथ पूजाआजा भएको छ । गुप्तेश्वर गुफा, सृजनाचोकमा रहेको पशुपतिनाथ मन्दिर, केदारेश्वर महादेवमणिलगायतका शिव मन्दिरहरूमा शिवका भक्तजनहरूको भिड लागेको छ ।

आज साँझ चौतारीदेखि शिव मन्दिर भएका स्थलमा शिव ध्वनि लगाउने उखु खाने उखु पड्काउने चलन रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ