पोखराको न्यूरोडमा जेब्रा क्रसबाटै सवारी मोड्न थालेपछि अब निषेध

निषेध

पोखराको न्यूरोडमा जेब्रा क्रसबाटै सवारी मोड्न थालेपछि अब निषेध

नो भेइकल स्टीकर र डिभाइडर राखियो

viber_image_2024-03-08_14-48-05-179

पोखराको सभागृहचोकदेखि बिपी चोक चिप्लेढुंगासम्मको न्यूरोड खण्डमा जेब्रा क्रसबाटै सवारी मोड्न थालेपछि निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले न्यूरोडमा पैदल यात्रुका लागि राखिएको जेब्रा क्रसिङबाट सवारी साधन प्रवेश गराउने प्रवृत्ति बढ्दा पैदल यात्रुका लागि असुविधा भएको र जथाभावी क्रस गराउँदा दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसलाई शुक्रबारदेखि नै रोक लगाइएको बताए ।

उनका अनुसार न्यूरोडका जेब्रा क्रसिङहरुमा सवारी साधन निषेध अंकित स्टीकर टाँस गरी ६ स्थानमा डिभाइडर राखिएको छ ।

उक्त स्थानहरुबाट सवारी साधन क्रस गरेको पाइएमा ट्राफिक नियमानुसार कारबाही गरिने पनि शर्माले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds