पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ ।
गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् ।
सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउँदै टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताए । उनले भने–“खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदी जस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकाहरुलाई मैदानमा ल्याएर उल्लेखनिय कार्य गरेको छ । यो चुनौतीपूर्ण कार्य गर्ने टेनिस परिवार धन्यबादको पात्र भएको छ ।”
मोवाइलमा रमाउने बालबालिका लाई खेल मैदान सम्म ल्याउनु निकै चुनौतीपूर्ण विषय रहेको जनाउँदै अभिभावकहरुलाई समेत उनीहरु कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको सदस्य सचिव शर्माले जनाए । यो कार्यक्रमले खेल संस्कृती र खेलकुद विकासको अभियानमा समेत महत्वपूर्ण रहेको जनाउँदै उनले खेलकुद क्षेत्र बहुआयामिक विषय समेत रहेकोले सबै उमेर समुह र सवै वगएलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषदले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताउँदै सबै खेल संघहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याए । उनले भने–“सबै खेल संघहरुको सस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृतीको अन्त्य हुन आवश्यक छ ।” खेलकुद क्षेत्रमा राज्यको लगानी बढाउन राजनितिक दलहरुलाई दवाव दिने गरी सबैले अभियानको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिका बाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही बर्गका बालबालिका लाई समेटिएको बताए । उनले भने–“खेल्छ गण्डकी कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिका लाई टेनिस मैदान सम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।”
कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका सचिब नविन चालिसे, प्रशिक्षक निरज थापाले समेत आफ्ना भनाई राखेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा ६ वर्ष देखि १६ वर्ष सम्मका बालबालिकाहरुलाई दुई महिना प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन