पोखरा । नेकपा (एमाले) गोरखाको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्रबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन्।
गोरखामा एमालेले चुनावमार्फत् नयाँ नेतृत्व छानेको हो।
सोमबार बिहान सकिएको मतगणनाअनुसार थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गरे। थापाले २८० मत ल्याए भने नेपालीले २०५ मत ल्याए।
अध्यक्षमा निर्वाचित भएका थापा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षधर हुन्।
थापा २०५४ सालमा एमाले विभाजन हुँदा मालेको पार्टी सचिव थिए। निवर्तमान कमिटीका अध्यक्ष प्रेम गुरूङ भने बिदा भएका छन्।
उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकामा मेनबहादुर अधिकारी निर्वाचित भएका छन्। अधिकारीले २७० मत ल्याए भने कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत प्राप्त गरे।
सचिवमा काजिराम रोका निर्वाचित भए। उनी ३५३ मतका साथ निर्वाचित भएका हुन्। प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत ल्याए।
उपसचिवमा खुलातर्फ मनोज जोशी निर्वाचित भए। उनले २६५ मत प्राप्त गर्दा अर्का प्रत्यासी विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत ल्याए।
महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित भइन्। उनले ३२० मत प्राप्त गर्दा नानीमाया थापाले १५० मत ल्याएर पराजित भइन्।
अधिवेशनमा ५११ मत खसेको नेकपा (एमाले) गोरखाले जानकारी दिएको छ।
गोरखा जिल्लाको आठौं अधिवेशनको उद्घाटन शुक्रबार भएको थियो।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला