अब नेपाली डोमेन डट एनपी दर्ता गर्नका लागि शुल्क तिर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा डट एनपी (.np) डोमेन सम्बन्धमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
विधेयकको दफा ६६ अनुसार डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने भएकाे छ । नेपालमा सुरुवातदेखि नै डट एनपीको व्यवस्थापन निजी क्षेत्रको कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गर्दै आएकोमा सरकारले नयाँ ऐनमार्फत यस सम्बन्धी काम अब आफू मातहत ल्याउन लागेको हो ।
विधेयकको दफा ६७ मा डोमेन नेम दर्ता गर्नुपर्ने व्यवस्था उल्लेख छ । सो दफाको उपदफा (१) मा कुनै पनि व्यक्ति वा संस्थाले डट एनपी डोमेनमा नेम दर्ता गराउँदा विभाग (सूचना प्रविधि विभाग) ले तोकेको संस्थामा तोकिए बमोजिमको दस्तुर बुझाई दर्ता गर्नुपर्ने भनिएको छ ।
सोही दफामा दर्ता भएको डोमेन नेम अरू कसैले प्रयोग गर्न नपाउने जनाइएको छ ।
त्यस्तै, दर्ता भएका डोमेन नेमसँग झुक्किने किसिमले मिल्दोजुल्दो हुनेगरी डोमेन नेम दर्ता गर्न वा गराउन नहुने व्यवस्था उपदफा ३ मा उल्लेख छ । यस विपरीत सुरक्षित नामहरुसँग बाझिने किसिमले मिल्दोजुल्दो वा महत्त्वलाई अवमूल्यन गर्ने डोमेन नेम दर्ता गरेमा पाँच लाखसम्म जरिवाना तोकिएको छ ।
सरकारी निकायले आफ्नो कार्यालयको डोमेन नेम ‘गभर्मेन्ट डट एनपी’ अन्तर्गत दर्ता गर्नुपर्नेछ । त्यस्तै, दर्ता भएको डोमेन नेम प्रत्येक दुई वर्षमा तोकिए बमोजिमको दस्तुर बुझाई नवीकरण गर्नुपर्ने व्यवस्था ल्याइएको छ ।
त्यसैगरी यसअघि सञ्चालनमा रहेका डोमेन नेमहरू यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र यस कानून बमोजिम दर्ता गर्नुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएकाे छ ।
विधेयकको मस्यौदा यस्तो छ
Bill Draft
सम्बन्धित खबर
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
चैत मसान्तसम्म फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नभए बन्द गरिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’