अब नेपाली डोमेन डट एनपी दर्ता गर्नका लागि शुल्क तिर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा डट एनपी (.np) डोमेन सम्बन्धमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
विधेयकको दफा ६६ अनुसार डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने भएकाे छ । नेपालमा सुरुवातदेखि नै डट एनपीको व्यवस्थापन निजी क्षेत्रको कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गर्दै आएकोमा सरकारले नयाँ ऐनमार्फत यस सम्बन्धी काम अब आफू मातहत ल्याउन लागेको हो ।
विधेयकको दफा ६७ मा डोमेन नेम दर्ता गर्नुपर्ने व्यवस्था उल्लेख छ । सो दफाको उपदफा (१) मा कुनै पनि व्यक्ति वा संस्थाले डट एनपी डोमेनमा नेम दर्ता गराउँदा विभाग (सूचना प्रविधि विभाग) ले तोकेको संस्थामा तोकिए बमोजिमको दस्तुर बुझाई दर्ता गर्नुपर्ने भनिएको छ ।
सोही दफामा दर्ता भएको डोमेन नेम अरू कसैले प्रयोग गर्न नपाउने जनाइएको छ ।
त्यस्तै, दर्ता भएका डोमेन नेमसँग झुक्किने किसिमले मिल्दोजुल्दो हुनेगरी डोमेन नेम दर्ता गर्न वा गराउन नहुने व्यवस्था उपदफा ३ मा उल्लेख छ । यस विपरीत सुरक्षित नामहरुसँग बाझिने किसिमले मिल्दोजुल्दो वा महत्त्वलाई अवमूल्यन गर्ने डोमेन नेम दर्ता गरेमा पाँच लाखसम्म जरिवाना तोकिएको छ ।
सरकारी निकायले आफ्नो कार्यालयको डोमेन नेम ‘गभर्मेन्ट डट एनपी’ अन्तर्गत दर्ता गर्नुपर्नेछ । त्यस्तै, दर्ता भएको डोमेन नेम प्रत्येक दुई वर्षमा तोकिए बमोजिमको दस्तुर बुझाई नवीकरण गर्नुपर्ने व्यवस्था ल्याइएको छ ।
त्यसैगरी यसअघि सञ्चालनमा रहेका डोमेन नेमहरू यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र यस कानून बमोजिम दर्ता गर्नुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएकाे छ ।
विधेयकको मस्यौदा यस्तो छ
Bill Draft
सम्बन्धित खबर
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?