कुश्माको बडागाउँ कैया जोड्ने पुल मर्मत हुँदै, दुई साता लाग्ने

कुश्माको बडागाउँ कैया जोड्ने पुल मर्मत हुँदै, दुई साता लाग्ने

pull

पर्वतको कुश्माको बडागाउँ देखि कैया जोड्ने झोलुङ्गे पुल मर्मत कार्य हुँदैछ । मर्मत अवधिभर पुल बन्द भएको छ ।

पुल जीर्ण बन्दा आवतजावतमा समस्या भएको गुनासो नागरिकबाट आएपछि उक्त क्षेत्रका प्रदेश सांसद डिल्लीराम सुवेदीको पहलमा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय बागलुङले काम अगाडि बढाएको बताइन्छ ।

सांसद सुवेदीका अनुसार पुलको काम सकिन १० देखि १५ दिन लाग्नेछ । पुलमा लगाइएको दायाँ र बायाँ तर्फको जालीपनि खोल्नु पर्ने भएकाले आवतजावत् पुण रुपमा बन्द हुने भएको हो ।

पुल आन्तरिक पर्यटनको गन्तव्य बन्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ