जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

शंकास्पद घटना

जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

पोखराबाट श्रीमान् जाँदै

Khusbu Sunar

पोखरा । पोखराकी एक युवती जनकपुरको एक होटलमा बिहान बेहोस अवस्थामा फेला परिन् । आज बिहान साढे ८ बजेतिर होटल सिटी प्यालेस एण्ड गेष्ट हाउसमा बेहोस भेटिएका उनको उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र खरेलले गण्डकन्यूजलाई दिएको जानकारी अनुसार ति महिला पोखरा वडा नं. १३ घर भएकी अन्दाजी २९ वर्षीया खुश्बु सुनार हुन् । उनी सँगै होटलमा बसेका भनिएका  दुई युवक भने फरार छन् ।

उनी विगत २–३ महिनादेखि छोरासहित महेन्द्रनगरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको खरेलले बताए । खुश्बुका श्रीमान् पोखरामै बस्ने र जानकारी पश्चात् जनकपुर आउँदै गरेको पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले यस विषयमा कास्कीमा जानकारी आइनसकेको बताए । धनुषा प्रहरीका अनुसार खुश्बुको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको घोषणा गरिएको हो ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर खरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ