प्रहरीसँग विवाद गरेको भन्दै लेकसाइडका एक रेष्टुरेण्ट सञ्चालकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पोखरा वडा नं. ३० लेखनाथ घर भई लेकसाइड ओजन गल्लीमा बिर्यानी फास्ट फुड रेष्टुरेण्ट सञ्चालन गर्दै आएका ३० वर्षीय निर्मल गौतम रहेका छन् ।
अदालतको आदेश भन्दै मध्यरातसम्म मदिरा बेचविखन गरी होहल्ला हुने किसिमले उनले व्यवसाय सञ्चालन गरेको प्रहरीको जिकिर छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले प्रहरीसँग विवाद गरी धम्की दिने रेष्टुरेण्टका संचालक गौतमलाई पक्राउ गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनका अनुसार फागुन २६ गते मध्यरातको समयमा युवा युवतीहरुवीच मदिरा सेवन गरी होहल्ला अशान्ति भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी सम्झाई बुझाई गर्न खोज्दा उक्त रेष्टुरेन्टका संचालक गौतमले आफूसँग अदालतको आदेश भएकोले प्रहरीले समेत केही गर्न नसक्ने भन्दै उल्टै प्रहरीलाई नै गालीगलौज गरी धम्की दिएकोले गौतमलाई तत्कालै पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वका कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डीएसपी श्रेष्ठले जनाए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन