पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा

पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा

pakrau

पर्वत । पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ ।

एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको पाइएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका ९ जना विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो । सदरमुकाम कुस्मामा रहेको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थामा रहेका एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार १० जना मध्ये १ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने अन्य २ जना धरौटीमा र बाँकी ६ जना फरार सूचीमा रहेका छन् ।

तपाई हाम्रो सहकारीका सञ्चालक बाल गोपाल श्रेष्ठ र माता पाथिभरा सहकारीका सञ्चालक किशोर श्रेष्ठ दाजुभाइ हुन् । उनीहरू दुवै जनाले सहकारी सञ्चालन गरेर सर्वसाधारणको पैसा अपचलन गरेको उजुरीका आधारमा प्रहरीले मुद्दा चलाएको हो । दाजुभाइ मध्ये दाजु बालगोपाल श्रेष्ठ फरार रहेका छन् भने भाइ किशोर श्रेष्ठलाई पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।

तपाईँ हाम्रो सहकारीमा मुद्दा चलाइएकाहरूमा अध्यक्ष बाल गोपाल श्रेष्ठ सहित बाबु कर्ण बहादुर श्रेष्ठ, आमा शकुन्तला श्रेष्ठ, भाइ किशोर श्रेष्ठ, बुहारी विनीता श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भान्जी अञ्जलि श्रेष्ठ रहेका छन् । त्यस्तै माता पाथिभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठ, भाउजू सत्या श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भिनाजु राजेन्द्र श्रेष्ठ रहेको जिल्ला अदालतले जनाएको छ ।

दुई सहकारी मध्ये तपाईँ हाम्रो सहकारीका २२ जनालाई मुद्दा दर्ता गरेकोमा २ जनालाई पुर्पक्षका लागि थुनामा र २ जनालाई रु.३०/३० लाख धरौटीमा रिहा गरेको छ । साथै अध्यक्ष श्रेष्ठका बाबुआमालाई समेत जनही १ लाख पचास हजार धरौटीमा रिहा गरेको छ । साथै माता पाथीभराका २२ जनालाई ठगी मुद्दा दर्ता गरेकोमा १ जनालाई मात्रै पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

उनीहरू २ वटा सहकारी सञ्चालन गर्दा अधिकांश आफ्ना परिवारका राखेका थिए । दुवै सहकारी नाम मात्रै फरक भएको तर कारोबार भने मिलेर गर्ने गरेको पाइएको हो । दुवै सहकारीका सञ्चालन गर्ने खाताहरू समेत गोप्य र खुला रहेका कारण गोप्य फाइल अनुसन्धान गर्दा मिलेमतो समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले पेस गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारीमा रु.२९ करोड ९८ लाख अध्यक्ष बाल गोपाल श्रेष्ठले हिनामिना गरेको र माता पाथिभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठले रु.११ करोड ११ लाख नब्बे हजार हिनामिना गरेको पाइएको हो । निजहरूलाई दुवै सहकारीका बचतकर्ताहरूले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

यस्तै, पर्वत सदरमुकाम कुस्मामा रहेको ग्रामीण कृषि विकास सहकारीमा समेत सञ्चालकहरूले ठगी गरेको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उक्त सहकारीमा अध्यक्ष लेखनाथ शर्मा सहितको मिलेमतोमा १० करोड हिनामिना गरेको पाइएको छ ।

सहकारीमा आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा सफ्टवेयर डेभलपर समेत तानिएका छन् । सफ्टवेयरमा फर्जी हिसाब गरेर कारोबार मिलाएको सर्वसाधारणको रकम समेत अपचलन गर्न सहयोग गरेको आरोपमा पर्वतको कुस्मा नगरपालिका ३ का प्रतिमान पौडेल ३ वटै सहकारीमा संलग्न रहेका कारण हाल पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ