पर्वत । पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ ।
एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको पाइएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका ९ जना विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो । सदरमुकाम कुस्मामा रहेको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थामा रहेका एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार १० जना मध्ये १ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने अन्य २ जना धरौटीमा र बाँकी ६ जना फरार सूचीमा रहेका छन् ।
तपाई हाम्रो सहकारीका सञ्चालक बाल गोपाल श्रेष्ठ र माता पाथिभरा सहकारीका सञ्चालक किशोर श्रेष्ठ दाजुभाइ हुन् । उनीहरू दुवै जनाले सहकारी सञ्चालन गरेर सर्वसाधारणको पैसा अपचलन गरेको उजुरीका आधारमा प्रहरीले मुद्दा चलाएको हो । दाजुभाइ मध्ये दाजु बालगोपाल श्रेष्ठ फरार रहेका छन् भने भाइ किशोर श्रेष्ठलाई पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
तपाईँ हाम्रो सहकारीमा मुद्दा चलाइएकाहरूमा अध्यक्ष बाल गोपाल श्रेष्ठ सहित बाबु कर्ण बहादुर श्रेष्ठ, आमा शकुन्तला श्रेष्ठ, भाइ किशोर श्रेष्ठ, बुहारी विनीता श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भान्जी अञ्जलि श्रेष्ठ रहेका छन् । त्यस्तै माता पाथिभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठ, भाउजू सत्या श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भिनाजु राजेन्द्र श्रेष्ठ रहेको जिल्ला अदालतले जनाएको छ ।
दुई सहकारी मध्ये तपाईँ हाम्रो सहकारीका २२ जनालाई मुद्दा दर्ता गरेकोमा २ जनालाई पुर्पक्षका लागि थुनामा र २ जनालाई रु.३०/३० लाख धरौटीमा रिहा गरेको छ । साथै अध्यक्ष श्रेष्ठका बाबुआमालाई समेत जनही १ लाख पचास हजार धरौटीमा रिहा गरेको छ । साथै माता पाथीभराका २२ जनालाई ठगी मुद्दा दर्ता गरेकोमा १ जनालाई मात्रै पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
उनीहरू २ वटा सहकारी सञ्चालन गर्दा अधिकांश आफ्ना परिवारका राखेका थिए । दुवै सहकारी नाम मात्रै फरक भएको तर कारोबार भने मिलेर गर्ने गरेको पाइएको हो । दुवै सहकारीका सञ्चालन गर्ने खाताहरू समेत गोप्य र खुला रहेका कारण गोप्य फाइल अनुसन्धान गर्दा मिलेमतो समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले पेस गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारीमा रु.२९ करोड ९८ लाख अध्यक्ष बाल गोपाल श्रेष्ठले हिनामिना गरेको र माता पाथिभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठले रु.११ करोड ११ लाख नब्बे हजार हिनामिना गरेको पाइएको हो । निजहरूलाई दुवै सहकारीका बचतकर्ताहरूले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
यस्तै, पर्वत सदरमुकाम कुस्मामा रहेको ग्रामीण कृषि विकास सहकारीमा समेत सञ्चालकहरूले ठगी गरेको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उक्त सहकारीमा अध्यक्ष लेखनाथ शर्मा सहितको मिलेमतोमा १० करोड हिनामिना गरेको पाइएको छ ।
सहकारीमा आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा सफ्टवेयर डेभलपर समेत तानिएका छन् । सफ्टवेयरमा फर्जी हिसाब गरेर कारोबार मिलाएको सर्वसाधारणको रकम समेत अपचलन गर्न सहयोग गरेको आरोपमा पर्वतको कुस्मा नगरपालिका ३ का प्रतिमान पौडेल ३ वटै सहकारीमा संलग्न रहेका कारण हाल पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु