पोखरालाई पर्यटनको राजधानी चैत ४ गते घोषणा गरिने

पोखरालाई पर्यटनको राजधानी चैत ४ गते घोषणा गरिने

प्रधानमन्त्री प्रचण्ड आउने

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरालाई यही चैत ४ गते, आइतबार पर्यटनको राजधानी शहर घोषणा गरिने भएको छ ।

पर्यटकीय शहरका रूपमा परिचित पोखरालाई धेरै वर्ष अघिदेखि  औपचारिक तबरमै पर्यटनको राजधानी बनाउने प्रयास गरिएकोमा अब यसले मूर्त रूप पाउन लागेको हो ।

आइतबार पोखराको बाराही घाटमा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने गरी तयारी गरिएको पोखरा महानगर प्रमुख धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामाले गण्डक न्यूजलाई जानकारी दिए ।

घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम तय गरिएको छ ।

बसुन्धरापार्कबाट बिहान करिब १० बजेपछि बृहत झाँकीसहितको र्‍याली बाराहीघाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने कार्यक्रम तालिका छ।

यसको भव्य तयारीका लागि अहिले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत यहाँस्थित सर्वदलीय प्रतिनिधिको बैठक बसिरहेको लामाले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds