पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ । पर्सी चैत ४ गते, आइतबार तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ ।
यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ । पोखराका विभिन्न स्थानमा माग्दै हिँड्ने २५ जनालाई प्रहरीले उद्धार गरी मानव सेवा आश्रम तथा बाल आश्रम पठाएको हो ।
नेपाल प्रहरी र पोखरा महानगर प्रहरीले उनीहरूलाई उठाएको हो । कास्की प्रहरीका अनुसार ९ जना पुरुषहरुलाई मानव सेवा आश्रम हेम्जा, ४ जना महिलाहरुलाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाई बुझाइएको छ ।
सडकमा माग्न कानुनले निषेध गरेकोले पोखराका सडकहरूबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न नदिने, बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइने प्रहरीले जनाएको छ ।
भारतीय मगन्तेहरुको व्यवस्थापन मुख्य चुनौती
तर, भारतीय मगन्तेहरुको व्यवस्थापन मुख्य चुनौती छ । साना बालबालिका काखीमा च्यापेर कचौरा थाप्दै यात्रुहरूसँग पैसा मागेर आतंक मच्याउने भारतीय मगन्तेहरुको बिगबिगी छ ।
यसले स्थानीय मात्र होइन पर्यटकलाई पनि उस्तै दुःख दिएको छ । उनीहरुकै कारण पर्यटकामाझ राष्ट्रकै बेइज्जत भएको छ ।
सरकारले नेपाली सहयोगापेक्षीहरूलाई मानव सेवा आश्रममा लगेर व्यवस्थापन गरेपनि भारतबाट आएका सहयोगापेक्षीहरू समूहमा बस्ने र समूहमै माग्न निस्किने गरेका छन् ।
कसैले हात तान्ने, कसैले कपडा तान्ने तथा कसैले खुट्टा समाएर ढोग्ने गर्दा बाटोमा हिँड्नै असहज अवस्था छ ।
गण्डकी प्रदेश सरकारले २०७९ मै गरेको घोषणा अनुसार यतिबेला प्रदेशका कुनै पनि सडकमा माग्न बस्नेहरू नहुनुपर्ने हो । तर, पोखराका चोकचोकमा भारतीय मगन्तेले भरिएका छन् । प्रदेश सरकार माग्नेहरू व्यवस्थापन विषय प्रदेश सरकारको सरोकारको विषय नभएको बताउँछ ।
सम्बन्धित खबर
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
प्रतिभा सुपर लिग क्रिकेटको उपाधि आयोजक प्रतिभा माविले जित्यो
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !