सुन तस्करीमा पूर्वआइजीपी धिरज प्रताप सिंह नै दोषी, कारबाही गर्न सिफारिस

सुन तस्करीमा पूर्वआइजीपी धिरज प्रताप सिंह नै दोषी, कारबाही गर्न सिफारिस

dhiraj pratap singh

६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको संलग्नता पुष्टि भएको छ । सुन तस्करी छानबिन गर्न गठित आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो।

सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग नियमित सम्पर्कमा सिंह रहेकाेबारे सिधा कुराले १७ भदाैमा विशेष खुलासा गरेको थियो । ‘नेपाल प्रहरीका पूर्व आइजीपी सिंह पनि तस्करीमा दोषी देखिएका छन्’ मन्त्रालय उच्च स्रोत भन्छ, ‘सुन तस्करीमा संलग्न दोषीबारेको विभिन्न ७ फरक विधामा गरिएको वर्गीकरणमा सिंहको नाम पनि सिफारिस गरिएको छ।’

सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए । तर, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूराेले सिंहलाई अनुसन्धानकाे दायरामा ल्याएकाे थिएन । प्रहरीकाे विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचकाे कुराकानी फेला परेका थिए ।

२०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको सिधाकुराले खुलासा गरेको  थियाे ।

नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds