६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको संलग्नता पुष्टि भएको छ । सुन तस्करी छानबिन गर्न गठित आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो।
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग नियमित सम्पर्कमा सिंह रहेकाेबारे सिधा कुराले १७ भदाैमा विशेष खुलासा गरेको थियो । ‘नेपाल प्रहरीका पूर्व आइजीपी सिंह पनि तस्करीमा दोषी देखिएका छन्’ मन्त्रालय उच्च स्रोत भन्छ, ‘सुन तस्करीमा संलग्न दोषीबारेको विभिन्न ७ फरक विधामा गरिएको वर्गीकरणमा सिंहको नाम पनि सिफारिस गरिएको छ।’
सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए । तर, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूराेले सिंहलाई अनुसन्धानकाे दायरामा ल्याएकाे थिएन । प्रहरीकाे विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचकाे कुराकानी फेला परेका थिए ।
२०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको सिधाकुराले खुलासा गरेको थियाे ।
नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन