कृष्ण बहादुर महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

भेपमा सुन तस्करी प्रकरण:

कृष्ण बहादुर महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

छोरा राहुल महरा पुर्पक्षका लागि थुनामै छन्

krishna mahara

काठमाडाैँ । सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले विद्युतिय चुरोट (भेप)मा सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न गठित आयोगले बिहिबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै भेपमा भएको सुन तस्करी प्रकरणमा कृष्ण महराको संलग्नता देखिएको ‌औल्याउँदै कारबाही गर्न सिफारिस गरेको हो ।

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले योजनकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

भेपमा सुन तस्करी प्रकरणमा राहुल महरा अझै पनि पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds