माछापुच्छ्रे टोलमा बुटिक चौतारा र व्यवस्थित बेञ्च निर्माण

माछापुच्छ्रे टोलमा बुटिक चौतारा र व्यवस्थित बेञ्च निर्माण

machhapuchchhre tole (1)

पोखरा महानगरपालिका वडा नं. ७ स्थित माछापुच्छ्रे टोल विकास संस्थाले त्यहाँ निर्मित बुटिक चौतारा र राखिएका बेन्च उद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राममोहन आचार्यले यस टोललाई नमुना टोल घोषणा गर्न तोकिएका मापदण्ड पूरा गर्नुपर्ने भएकाले त्यसमा लागिपर्न आग्रह गर्दै माछापुच्छ्रे टोल वडाकै उत्कृष्ट टोल रहेको बताए ।

टोलका सल्लाहकार समेत रहेका सहयोगदाता ओम गौचनले टोलबासी सबै मिलेर बस्नुपर्ने र नमुना टोल बनाउन अग्रसर हुनुपर्ने बताए ।

वडा सदस्य अर्जुन थापाले वडाबाट टोकन रकम दिएकोमा टोलबासी आफैले सहयोग जुटाएर उत्कृष्ट र राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरे । पूर्व वडा सदस्य दिनबन्धु पौडेलले छोटो समयमा टोलले  राम्रो काम गरेको बताए ।

कार्यक्रममा सल्लाहकार अमृत बराल, सहयोगदाता रमानन्द पौडेल, माछापुच्छ्रे टोल महिला क्लब अध्यक्ष गीता पौडेलले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगीता खनाल शर्माले गरिन् । उनले चौतारी बनाउँदा १ लाख र बेञ्चमा ६१ हजार खर्च भएको बताइन् ।

चन्द्र, रुमिला शेचनले बुबा आमाको स्मृतिमा ५० हजार र वडा तथा वडाबासीबाट सहयोग सकंलन गरी चौतारी बनाइएको उनले जानकारी दिइन् ।

अध्यक्ष मित्र बन्धु शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हेमलाल श्रेष्ठले स्वागत तथा सचिव लोकनाथ आचार्यले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds