त्रिविको लापरबाही : महिनामा ३० दिन, परीक्षा ३१ गते!

त्रिविको लापरबाही : महिनामा ३० दिन, परीक्षा ३१ गते!

TU

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ ।

चैतको महिना ३० को भए पनि कार्यालयले ३१ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको छ ।

त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ ।

कार्यालयले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो ।

हेर्नुहोस सूचना

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds