पोखरालाई भोलि (आइतबार) पर्यटनको राजधानी घोषणा गरिँदैछ । यससंगै पोखरा चौबिसै घण्टा खुल्ला रहने सन्देश पनि दिइँदैछ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार बिहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा चौबिसै घण्टा खुल्ला गर्ने निर्णय गरेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार निश्चित मापदण्ड पूरा गरेका मुख्य सहरी क्षेत्रलाई अहिले खुल्ला गरिने र त्यसपछि सिंगो पोखरालाई नै २४ सै घण्टा खुला गर्दैजाने निर्णय भएको छ ।
सुरुमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुल्ला राख्ने निर्णय भएको छ । खुल्ला हुने क्षेत्रका व्यवसायी मापदण्ड भने पूरा गर्नुपर्ने शर्त राखिएको छ ।
पर्यटकीय राजधानी घोषणा कार्यक्रमसंगै मापदण्ड सार्वजनिक गरिनेछ । मापदण्ड पूरा गरेका व्यवसायिक फर्म २४ घण्टा सञ्चालन गर्दा चहिने बाह्य सम्पूर्ण सुरक्षा प्रबन्ध प्रशासनले नै गर्ने उनले बताए ।
पोखरा २४ सै घण्टा उज्यालो र खुल्ला रहेको सन्देशले सिंगो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने विश्वास पर्यटन तथा होटल व्यवसायीको छ ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन