नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कार २०७९ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र २०८० बाट त्रिभुवन पौडेल (मरणोपरान्त)लाई सम्मान गरिएको छ ।
आज पोखरामा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार दीपेन्द्र श्रेष्ठलाई एक लाख एक हजार एक सय ११ सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तै, दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । प्रधानमन्त्री दाहालले दिवङ्गत पौडेलका परिवारजनलाई एक लाख एक हजार एक सय ११ सहित सम्मानपत्र प्रदान थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पत्रकारद्वय श्रेष्ठ र पौडेलले पोखराबाट नेपाली पत्रकारिता र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख बताए ।
“वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”
प्रधानमन्त्री दाहालले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताए । वर्तमान विश्वमा सूचना प्रविधि निर्णायक शक्तिका रुपमा देखा परेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारले मिडिया कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए। राज्यको उपेक्षामा मिडिया क्षेत्र परेको उल्लेख गर्दै उनले आमसञ्चार प्रतिष्ठान गठन गर्न गरिएको पटक–पटकको माग सुनुवाइ नभएको गुनासो गरे।
महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले उक्त सम्मान कोष २०५२ सालमा स्थापना भएको जानकारी दिए । दिवङ्गत प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उनका परिवारजनले सो अक्षयकोष स्थापना गरेका हुन् ।
विसं २०७९ मा सो सम्मान प्राप्त गर्ने श्रेष्ठ नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष एवं एभरेष्ट एमएएमका कार्यकारी निर्देशक हुन ।
यस्तै, २०८० सालको सम्मान प्राप्त गर्नुहुने दिवङ्गत पौडेल महासङ्घको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष थिए । महासङ्घको केन्द्रीय सदस्य रहेको अवस्थामा पौडेलको गत वर्ष विमान दुर्घटनामा परि निधन भएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो