काठमाडौँको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुस्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो ।
१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । राठौरले भने–‘आरोपीले सुस्मालाई पटक–पटक प्रेम प्रस्ताव राखेको खुलेको छ ।’
सुस्मा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा पढ्थिन् । विगत ८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसे । गोकर्णेश्वर नगरपालिका–३ बाट बुढानीलकण्ठमा पढ्न जाने उनीसँगै अरु दुई जना पनि थिए । माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सुस्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि रुपेन्द्रले प्रेम प्रस्ताव गरेको अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेले बताए । घिमिरेले भने–‘म यस्तो गर्दिन, विदेश जान्छु भनेपछि आक्रमण गरेर हत्या गरेको देखिन्छ ।’
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ । ८ दिनदेखि सुस्मा कलेज जाने बाटोमा कुरेर मौका हेरेका रुपेन्द्रले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा कुटो बोकेर रेकी गरेका हुन् । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको डीएसपी घिमिरेले बताए । घिमिरेले भने– ‘हत्या गरेको ठाउँभन्दा १० मिटर तल हात बाँधेर पुरेको भेटिएको छ ।’
मृतकको कम्मर पेटी खोलेर हातमा बाँधेको भेटिएको छ । घाँटीमा मृतककै टाइले बाँधेको अवस्थामा प्रहरीले शव उत्खनन गरेको थियो । हत्या गरेर करिब ४५ मिनेटमा आरोपीले शव व्यवस्थापन गरेर नजिकै रहेको घरमा फर्केका हुन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन