पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखराकोमा सम्पन्न दास्रो महाधिवेशनबाट थापा डिष्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् ।
डेढ दशक बढी लायन्सको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी थापा लायन बर्ष २०२४/०२५ का लागि डिष्ट्रिक्ट गभर्नर बन्न सफल भएकी हुन् । उनी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्व अध्यक्ष हुन् । महिला उद्यमी थापा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । लायन्समा उनी सन् २०१० बाट आबद्ध हुँदै विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
विगत १४ वर्षदेखि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफना जिम्मेवारी सम्हाल्दै आएकी थापालाई डिष्ट्रिक्ट ३२५ जे नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीले दुई बर्ष पहिले अगाडी बढाएको थियो ।
थापा सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गरिसकेकी छन् । उनी करिव एकदर्जन भन्दा बढी संघ संस्थामा आबद्ध रहेकी छन् ।
महाधिबेशनबाट डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मिलन बाबु मल्ल निर्वाचित भएका छन् । मल्ल लायन्स क्लब अफ काठमाडौं बनस्थलीका पूर्व अध्यक्ष हुन् । डिष्ट्रिक्टको द्वितीय भाइस गभर्नरमा प्रजापति बास्तोला निर्वाचित भएका छन् । उनी लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् ।
यसैबीच गभर्ननरमा निर्वाचित मिलन थापाले आफूलाई विश्वास गरी गभर्नर निर्वाचित गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् । उनले आफ्नो कार्यकाल महिला उद्यमशीलता तथा युवाहरुलाई लक्षित गरी लागू औषध न्युनीकरण अभियानमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
त्यस्तै थापाले आफ्नो कार्यकालका लागि डिष्ट्रिक सचिबमा कृष्ण बहादुर अधिकारीलाइ मनोनित गरेकी छन । अधिकारी पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् । त्यस्तै डिष्ट्रिक ट्रेजररमा कल्पना थापा र चिफ एडभाइजरमा कुश मालीलाइ गभर्नर थापाले मनोनीत गरेकी छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन