पोखरा महानगरपालिका काहुँडाँडामा भीषण डढेलो लागेको छ । फूलबारी मणिपाल शिक्षण अस्पतालदेखि माथिको स्थित जंगलमा आगलागी भएको हो ।
वडा नं. ११ का अध्यक्ष प्रेम कर्माचार्यका अनुसार डढेलो नियन्त्रणका लागि दमकल पुगेको भएपनि बाटोका कारणले समस्या भएको छ । राति साढे ८ बजेतिर डढेलो भिषण रुपमा फैलिएको हो ।

जंगलको आगो नियन्त्रणका लागि दमकल प्रयोग गर्न नसकिएपनि बस्ती जोगाउनका लागि अग्निरेखा तयार पार्ने र बस्ती वरपर दमकलबाट पानी हाल्ने काम भइरहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले भने, ‘अहिले राति जंगलमा केही गर्ने अवस्था रहेन । बस्ती जोगाउने कामलाई प्राथिमकतामा राखेर तीन वटै सुरक्षा निकायबाट प्रयास भइरहेको छ ।’
काहुँडाडाको ठूलो क्षेत्रमा फैलिएको आगलागी के कारणबाट भएको हो भन्ने पुष्टि भएको छैन । उक्त क्षेत्र वरपर शनिबार र आइतबार पनि आगलागी भएको थियो । अघिल्ला दिनमा भएका आगलागी नियन्त्रणमा आएपनि आज ठूलो आगलागी भएको स्थानीयले बताएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यस स्थानमा पुगी जोखिममा रहेका घरहरु बचाउने प्रयासमा छन् । आगो निकै भीषण भएकाले नियन्त्रण लिन कठिन भइरहेको छ ।

आगो नियन्त्रणका सुरक्षाकर्मीसहित स्थानीयको टोली निरन्तर खटिरहेको छ । आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।

तस्वीरः असिम पौडेल, दीपेन्द्र श्रेष्ठ
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु