गोरखाका यामबहादुरको भीरबाट लडेर मत्यु

दुर्घटना

गोरखाका यामबहादुरको भीरबाट लडेर मत्यु

सशस्त्र प्रहरीले माछापुच्छ्रे जिमिरे भीरबाट शव झिक्यो

shab

गोरखाका यामबहादुर थापाको भीरबाट लडेर ज्यान गएको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – १ जिमिरे स्थित भीरबाट लडेर उनको ज्यान गएको हो ।

करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटरमाथि भीरबाट तल खसी मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले जनाएको छ ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका–२ ठेगाना भएका ५० वर्षीय थापाको शवलाई गणबाट खटी गएको विशेष विपद् उद्धार टोलीले झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ