वालिङ स्वरेक सडकखण्डमा बोलेरो जिप दुर्घटना, चालकसहित ९ जना घाइते

दुर्घटना

वालिङ स्वरेक सडकखण्डमा बोलेरो जिप दुर्घटना, चालकसहित ९ जना घाइते

पाँच जना गम्भीर घाइतेलाई पोखरा रिफर

जीप दुर्घटना फोटो (2)

स्याङ्जाको वालिङ् स्वरेक सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार चालक सहित ९ जना सबै घाइते भएका छन् भने पाँच जना गम्भीर घाइतेलाई पोखरा रिफर गरिएको छ ।

वालिङ्बाट स्वरेक धनपुर जाँदै गरेको ग २ च ७४७९ नम्बरको बोलेरो जिप दिउँसो करिब ३:४० बजे वालिङ् -११ छत्युनस्थित भित्री सडक खण्डमा ब्रेक फेल भएर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

दुर्घटनामा परेका चारजना सामान्य घाइतेहरुको गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा उपचार भइरहेको छ भने गम्भीर पाँच घाइतेलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको डिएसपी रानाले बताए ।

जिपका चालक वालिङ्-११ जुहानखोलाका ४१ वर्षीय ज्ञान प्रसाद पङ्गेनी, वालिङ्-१० की ३२ वर्षीय सुकमाया सुन्धौली, वालिङ्-१० सुकमायाका १३ वर्षीय छोरा सङ्गम सुन्धौली, वालिङ्-११ छत्युन की १९ वर्षीय नम्रता खत्रीको गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा उपचार भइरहेको डिएसपी रानाले बताए ।

उनले गम्भीर घाइते भएका वालिङ्-११ छत्युनका ७७ वर्षीय रन बहादुर मगर, वालिङ्-११ छत्युनकी ७५ वर्षीय लाटी मगर, भिरकोट-५ स्वरेककी ३० वर्षीय विन्दु खवास, वालिङ्-११ जुहानखोलाकी ३६ वर्षीय हुमकला पङ्गेनी र वालिङ्-११ भकभकाकी १७ वर्षीय करिना खवासलाई प्राथमिक उपचार पछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ