स्याङ्जाको वालिङ् स्वरेक सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार चालक सहित ९ जना सबै घाइते भएका छन् भने पाँच जना गम्भीर घाइतेलाई पोखरा रिफर गरिएको छ ।
वालिङ्बाट स्वरेक धनपुर जाँदै गरेको ग २ च ७४७९ नम्बरको बोलेरो जिप दिउँसो करिब ३:४० बजे वालिङ् -११ छत्युनस्थित भित्री सडक खण्डमा ब्रेक फेल भएर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
दुर्घटनामा परेका चारजना सामान्य घाइतेहरुको गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा उपचार भइरहेको छ भने गम्भीर पाँच घाइतेलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको डिएसपी रानाले बताए ।
जिपका चालक वालिङ्-११ जुहानखोलाका ४१ वर्षीय ज्ञान प्रसाद पङ्गेनी, वालिङ्-१० की ३२ वर्षीय सुकमाया सुन्धौली, वालिङ्-१० सुकमायाका १३ वर्षीय छोरा सङ्गम सुन्धौली, वालिङ्-११ छत्युन की १९ वर्षीय नम्रता खत्रीको गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा उपचार भइरहेको डिएसपी रानाले बताए ।
उनले गम्भीर घाइते भएका वालिङ्-११ छत्युनका ७७ वर्षीय रन बहादुर मगर, वालिङ्-११ छत्युनकी ७५ वर्षीय लाटी मगर, भिरकोट-५ स्वरेककी ३० वर्षीय विन्दु खवास, वालिङ्-११ जुहानखोलाकी ३६ वर्षीय हुमकला पङ्गेनी र वालिङ्-११ भकभकाकी १७ वर्षीय करिना खवासलाई प्राथमिक उपचार पछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको बताए ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्