पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीसँग करोड बढी घुस खाएको आरोपमा पक्राउ परेका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको फैसला बदर उच्च अदालत पोखराले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले मागेबमोजिम धरौटी रकम बुझाएर पराजुली शुक्रबार रिहा भएका हुन् ।
स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ निवासी पराजुली गत पुस ११ गते कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । पोखरामा सहकारी रजिष्ट्रार हुँदा उनले मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने भन्दै करोडभन्दा बढी घूस लिएको आरोप छ ।
यसैगरी, सहकारीका लेखा समिति सदस्य जनकराज पौडेल पनि सात लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार नै रिहा भएका छन् ।
गत पुस १७ मा जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई तत्कालका लागि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीले मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा तत्कालीन रजिष्ट्रार पराजुलीलाई एक करोडभन्दा बढी रकम घूस दिएको बयान दिएपछि पराजुली पनि तानिएका थिए ।
सहकारीको करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध मुद्धा अघि बढाइएको छ ।
सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी समेत कारागारमै छन् ।
पोखरा २१ वडाध्यक्ष दीपक सुवेदीलाई अदालतले आठ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । यद्यपि उनी दुई करोड रुपैयाँ अर्को ठगी अभियोगमा रिहा भएकै दिन पक्राउ परेका थिए ।
सहकारी ठगी प्रकरणमा पूर्व अध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा भएका छन् । लेखा समिति संयोजक सूर्यबहादुर अधिकारीसहित विष्णुप्रसाद भण्डारी, सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी सात/सात लाख रुपैयाँ धरौटीमा रिहा भएकोमा कानूनी सल्लाहकार अधिवक्ता जनकल्याण पराजुली तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । सहकारी घोटलामा जाेडिएका अझै १९ जना फरार छन् ।
सम्बन्धित समाचारः
कानुन व्यवसायी पराजुली ३ लाख धरौटीमा रिहा
सुरेशकुमार श्रेष्ठ ७ लाख धरौटीमा रिहा, लेखा समिति सदस्य पौडेल भने थुनामा !
आरोपित हरेराम भण्डारी ७ लाख धरौटी बुझाएर रिहा
पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा
उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस