कानुन व्यवसायी पराजुली ३ लाख धरौटीमा रिहा

मित्र मिलन सहकारी ठगी प्रकरणः

कानुन व्यवसायी पराजुली ३ लाख धरौटीमा रिहा

हालसम्म ६ जना धरौटीमा छुटे, ७ जना पुर्पक्षका लागि थुनामा, २० जना अझै फरार !

mitamilan parajuli

पोखरा । मित्र मिलन सहकारी ठगी प्रकरणमा फरार कानुन व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आइतबार धरौटीमा रिहा गरेको छ ।

पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष एवं मित्र मिलन सहकारीका कानुनी सल्लाहकार पराजुली प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै सम्पर्कविहनी थिए ।

पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदै बचाऊमा आधा दर्जनले बहस गरेका थिए ।

जनकल्याणको पक्षमा कानुन व्यवसायीहरु रोहितराज बाँस्तोला, कृष्णबहादुर गुरुङ, हरि सुवेदी, जगन्नाथ ढकाल लगायतले बहस गरेका थिए ।

मिटरव्याजी कारोबारमा समेत संलग्न रहँदै आएका कानुन व्यवसायी जनकल्याण पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदैं बचाऊमा आधा दर्जनले बहस गरेका थिए ।

मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १३ जना मात्र पक्राउ परेका छन् । यसअघि पक्राउ परेका मध्ये ५ जना धरौटीमा छुटिसकेका थिए भने बाँकी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कास्की अदालतले यसअघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख), पूर्वअध्यक्ष कृष्णबहादुर राउत (१२ लाख), हरेराम भण्डारी (७ लाख), सुरेशकुमार श्रेष्ठ (७ लाख) लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

यसअघि, कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, लेखा सदस्य जनकराज पौडेल, सल्लाहकार र शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।

सम्बन्धित समाचारः

सुरेशकुमार श्रेष्ठ ७ लाख धरौटीमा रिहा, लेखा समिति सदस्य पौडेल भने थुनामा !

आरोपित हरेराम भण्डारी ७ लाख धरौटी बुझाएर रिहा

पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा

उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे

लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा

मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds