पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु भयो । अधिवेशनको उद्घाटन समारोह नयाँबजार स्थित पोखरा प्रर्दशनी केन्द्रमा भएको छ भने बन्दसत्र आइतबार बिहानदेखि पोखरा सभागृहमा जारी छ ।
सोमबार बल्ल मतदानका लागि प्रक्रिया अघि बढेको छ । मतदान समय मंगलबार साढे १ बजे तोकिएको छ । मतपरिणाम घोषणाका लागि राति वा पाँचौ दिन बुधबार मात्र कुर्नपर्ने हुनसक्छ ।

शनिबार उद्घाटन शत्रमा देखिएको दृश्यले नै नयाँ नेतृत्व चयन रोचक हुने प्रमाणित गरेको छ । उद्घाटन शत्रमै नेताहरु फरक फरक टोली बनाएर प्रतिनिधिहरुसँग मत माग्दै थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि सकेसम्म सर्वसम्मतको प्रयास हुने जिल्ला अध्यक्ष मनबहादुर गुरुङ बताउँछन् ।
गण्डकीको राजनीति हुँदै जिल्लाको राजनीतिलाई प्रतिष्ठाको विषय बनाएको खगराज अधिकारी समूह र पृथ्वीसुब्बा गुरुङनिकट समूहबिच नै यहाँ प्रतिस्पर्धा हुने देखिन्छ । तर, दुवै समूह गुट रहेको स्वीकार्न तयार छैनन् ।
अहिले कास्कीमा पृथ्वीसुब्बा निकट समूहमा मुख्यगरी जगत विश्वकर्मा र नेताहरु भीम कार्की, दीपक पौडेल र मीनाकुमारी गुरुङ छन् । अधिकारी पक्षमा केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि बैनबहादुर क्षेत्री, दर्शन लामा र नवराज ओझा छन् । क्षेत्री यो समूहका अध्यक्षका दाबेदार हुन् ।
दुवै पक्षका दोस्रो तहका नेताहरु सर्वसम्मत गर्ने पक्षमा छन् । तर, केही नेता चुनाव नै गर्नुपर्ने मुडमा देखिन्छन् । जगतले अगुवाइ गरेको समूह भने सकेसम्म चुनाव नगर्ने पक्षमा देखिन्छ । हालसम्म अध्यक्षमै धेरै आकांक्षी देखिएकाले सर्वसम्मत गर्नुपर्ने पक्षमा यो समूहमा छ । बन्दशत्र सुरु नभएसम्म उम्मेदवार सार्वजनिक नगर्न र सर्वसम्मतको प्रयास गर्ने यो समूहको रणनीति छ ।
अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । शनिबार बेलुकासम्म बैनबहादुरको समूहबाट सचिवमा वर्तमान उपसचिव दर्शन लामालाई अघि सार्ने तयारी छ । उनी निकटकाले सचिवमा दर्शनका लागि मत माग्न सुरू गरिसकेका छन् । उनी सर्वाधिक बलिया उम्मेदवार मानिन्छन् ।
जगतले अगुवाइ गरेको समूहबाट अध्यक्षमा माधव बास्तोला उम्मेदवार हुने लगभग तय छ । यद्यपि अध्यक्षमा दीपक पौडेल र तेजनारायण अधिकारी पनि आकांक्षी छन् । शिव अाचार्य उपाध्यक्ष, सुरेन्द्र गुरूंग सचिव, कर्ण गुरूंग र राधिका शाही याेगी उपसचिवमा उठ्ने सम्भावना छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन