खेलकुदमा फोहोरी राजनीति बन्द गर्नुस् : खेलकुदमन्त्री विराजभक्त

खेलकुदमा फोहोरी राजनीति बन्द गर्नुस् : खेलकुदमन्त्री विराजभक्त

पोखरा रंगशालाको निरीक्षण

birajbhakta

पोखरा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पोखरा रंगशालाको निरीक्षण गरेका छन् । उनले पोखरा रंगशालाको निरीक्षण गर्दै अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति लगायत खेलकुद संघका प्रतिनिधि, प्रशिक्षक र खेलाडीले मन्त्री श्रेष्ठलाई रंगशाला परिसरमा स्वागत गरे । लगत्तै उनले बहुउद्देश्यीय कभर्ड हलको निरीक्षण गरे ।

कभर्ड हल साउण्ड प्रुफ नभएको कारण निकै इको आउने गर्छ । मन्त्री श्रेष्ठले इकोलाई कसरी घटाउन सकिन्छ त्यसबारे बुझ्न निर्देशन दिएका छन् । त्यसमा मन्त्रालयले सघाउने उनको प्रतिबद्धता छ ।

‘साउण्ड रिफ्लेक्टर राख्दा कस्ट र टाइमलाइन हेरौं । अभ्यास नै रोकेर काम भयो भने त खेलाडीलाई असर गर्छ’, उनको सझुाव थियो । उनले पोखरा रंगशालामा रहेको फुटबल स्टेडियमबारेमासमेत जानकारी लिए । स्टेडियमको भौतिक अवस्थाको निरीक्षण गरे ।

क्रिकेट मैदानबारे जानकारी गराउदै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको मैदान बजेट अभावले सुविधासम्पन्न बनाउन नसकिएको गुनासो गरे ।

क्रिकेट मैदानलाई पूर्वाधारयुक्त बनाउन १ अर्ब ७७ करोड रुपैयाँको वृहत गुरुयोजना बनाएपनि बजेट अभावले काम अगाडि बढाउन नसकेको उनले जानकारी दिए ।

‘त्यत्रो पैसा त हामीले आशै ग¥या छैनौं, मेरो पालामा त हुन्छ जस्तो लाग्या छैन’, सिग्देलले सुनाए । बिफ्रिङ सुन्दै गर्दा मन्त्री श्रेष्ठले प्रश्न गरे, ‘क्यानले के भन्छ त्यसमा ?’ ‘क्यानले पूर्वाधारमा पैसा दिदैन । अरुमा पनि कसको मान्छे भन्ने हुन्छ’, सिग्देलले भने ।

मन्त्री श्रेष्ठले सम्भावना भएको पोखरा क्रिकेट मैदानलाई कमनसेन्स लगाएर पनि बजेट दिनुपर्ने उल्लेख गरे । ‘राजनीति आफ्नो ठाउँमा होला कमनसेन्स पनि चाहियो के !’ मन्त्री श्रेष्ठले झोक्दिै भने ।

पोखरा रंगशालामा रहेका आर्चरी, टेनिस र स्वकास कोर्टसँगै मुवाथाइ प्रशिक्षण केन्द्रको पनि मन्त्री श्रेष्ठद्वारा निरीक्षण गरिएको छ । निरीक्षणपछि मन्त्री श्रेष्ठले पोखरा रंगशालामा भएका संरचनाको संरक्षण नभएकोप्रति असन्तृष्टि जनाए ।

निर्माण भएका पूर्वाधारले उत्साह जगाएपनि जनताले तिरेको करले बनेका संरचनाको संरक्षण नभएको देख्दा निराश भएको उनको भनाइ थियो । केही संरचना त काठमाडौंको भन्दा पनि गतिलो भएको उनले बताए ।

‘यस्तो राम्रो संरचना, जुनले एसिया प्यासफिककै केही खेललाई पनि होस्ट गर्न सक्ने संरचना संरक्षणको मारमा परिरहेको देखें’, मन्त्री श्रेष्ठले भने, ‘मलाई के चिन्ता लाग्यो भने राम्रो संरचना त बन्यो । संरक्षण नभएर खेलाडीकै खुट्टा भाँच्ने हो की ! अब झन्झन बिग्रेर जाने हो की ।’

उनले संरक्षणका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउँदै फाइल पठाउन अनुरोध गरे । रंगशालालाई आत्मनिर्भर बनाउन बाटोमा लाग्न उनको सुझाव छ ।

मन्त्री श्रेष्ठले खेलकुदमा राजनीति नमिसाउनसमेत खेलकुद संघसंस्थाका प्रतिनिधिलाई निर्देशन दिएका छन् । ‘खेल क्षेत्रमा फोहोरी राजनीति बन्द गर्दिनुुस । राम्रो राजनीति गरौं । बनाऔं, खेलाडीको भविष्य उज्जवल हुने राजनीति गरौं’, उनले थपे, ‘संरचनाहरु बनाउने राजनीति गरौं । राजनीतिक नियुक्ती जस्तो गरेर जनैमा साँचो हालेर खेलाडी र खेल क्षेत्रलाई बन्दक पु¥याउने कार्य बन्द गरौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ