पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ ।
पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ ।
एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरूको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो ।
कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्ये बुवा वा आमा गुमाएको वा दुबै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मिति २०७० बैशाखदेखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तीर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन, बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल, जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत), सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्तर भित्र बुझाउनु पर्ने क्लबले जनाएको छ ।
सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु छन् ।


तस्वीरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला