पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । चैत १० र ११ गते तोकिएको अधिवेशन १२ र १३ गतेसम्म लम्बिएको छ । अधिवेशनको चौथौ दिन मंगलबार बिहान उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ । सोमबार प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशनसँगै मंगलबार उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको हो ।
अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । निर्वाचन कमिटीले मंगलबार नै अधिवेशन सक्ने गरी कामअघि बढाएको छ । निर्वाचन कमिटीको कार्यालयले सोमबार बेलुका साढे ५ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । लगत्तै मतदाता नामावलीउपर दाबी विरोधको कार्यतालिका थियो र उम्मेदवारको दरखास्त फारम वितरण पनि गरिएको थियो ।
मंगलबार बिहानै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय साथै पुनः नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै दिउँसो साढे १ बजे मतदान गर्ने कार्यतालिका छ । एमाले कास्कीले आगामी २ वर्षका लागि मंगलबार नै नयाँ नेतृत्व पाउने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार मतदान सकी परिणामसमेत घोषणा हुने छ ।
दुई प्यानलको प्रतिस्पर्धा
एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । सोमबार रातिसम्म सहमति नजुटेपछि अध्यक्ष मनबहादुर गुरुङ समूह र सचिव बैनबहादुर क्षेत्रीको समूहबिच प्रतिस्पर्धा हुने पक्कापक्की छ । सचिव क्षेत्री स्वयं अध्यक्षका प्रतिष्पर्धी हुन् भने अर्को समूहबाट अध्यक्षमा माधव बास्तोला छन् ।
सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङ प्रतिष्पर्धामा छन् । उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्यले उम्मेदवार दिएका छन् ।
उपसचिवमा लालबहादुर परियार, सन्तु सुवेदी, शारदाकुमारी पराजुली, राधिका शाही योगी, कर्ण गुरुङ, श्रीराम पोखरेल लगायत आकांक्षी छन् । यतिबेलासम्म फाइनल लिस्ट प्राप्त भइसकेको छैन ।
अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । विभिन्न कमिटीहरुबाट गत सातामात्रै अधिवेशन प्रतिनिधि छनोट गरिएको थियो ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन