एमाले कास्कीको आज चुनिदैँछ नयाँ नेतृत्व, दुई समूह प्रतिष्पर्धामा

एमाले कास्कीको ११ औं अधिवेशन:

एमाले कास्कीको आज चुनिदैँछ नयाँ नेतृत्व, दुई समूह प्रतिष्पर्धामा

को बलियो ?

Bain Madhav

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । चैत १० र ११ गते तोकिएको अधिवेशन १२ र १३ गतेसम्म लम्बिएको छ । अधिवेशनको चौथौ दिन मंगलबार बिहान उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ । सोमबार प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशनसँगै मंगलबार उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको हो ।

अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।  निर्वाचन कमिटीले मंगलबार नै अधिवेशन सक्ने गरी कामअघि बढाएको छ । निर्वाचन कमिटीको कार्यालयले सोमबार बेलुका साढे ५ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । लगत्तै मतदाता नामावलीउपर दाबी विरोधको कार्यतालिका थियो र उम्मेदवारको दरखास्त फारम वितरण पनि गरिएको थियो ।

मंगलबार बिहानै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय साथै पुनः नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै दिउँसो साढे १ बजे मतदान गर्ने कार्यतालिका छ । एमाले कास्कीले आगामी २ वर्षका लागि मंगलबार नै नयाँ नेतृत्व पाउने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार मतदान सकी परिणामसमेत घोषणा हुने छ ।

दुई प्यानलको प्रतिस्पर्धा

एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । सोमबार रातिसम्म सहमति नजुटेपछि अध्यक्ष मनबहादुर गुरुङ समूह र सचिव बैनबहादुर क्षेत्रीको समूहबिच प्रतिस्पर्धा हुने पक्कापक्की छ । सचिव क्षेत्री स्वयं अध्यक्षका प्रतिष्पर्धी हुन् भने अर्को समूहबाट अध्यक्षमा माधव बास्तोला छन् ।

सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङ प्रतिष्पर्धामा छन् । उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्यले उम्मेदवार दिएका छन् ।

उपसचिवमा लालबहादुर परियार, सन्तु सुवेदी, शारदाकुमारी पराजुली, राधिका शाही योगी, कर्ण गुरुङ, श्रीराम पोखरेल लगायत आकांक्षी छन् । यतिबेलासम्म फाइनल लिस्ट प्राप्त भइसकेको छैन ।

अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । विभिन्न कमिटीहरुबाट गत सातामात्रै अधिवेशन प्रतिनिधि छनोट गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ