२० घण्टामा मतदान सकियाे, २ घण्टा भित्रै मतपरिणाम घोषणा हुने

एमाले कास्की अधिवेशन:

२० घण्टामा मतदान सकियाे, २ घण्टा भित्रै मतपरिणाम घोषणा हुने

uml kaski nirbachan (4)

पाेखरा । नयाँ जिल्ला नेतृत्व चुन्न भइरहेको नेकपा एमाले कास्कीको अधिवेशनमा भएकाे मतदान सकिएकाे छ । ९ सय ३५ प्रतिनिधीमध्ये ९ सय १३ जनाले मतदान गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतपरिणाम आजै २ घण्टाभित्रै आउने कार्यालयले बताएकाे छ । १६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाे थियाे । मतगणना पनि मेसिनबाटै गरिनेछ ।

मंगलबार साँझ ७:४० बजेदेखि सुरु भएकाे मतदान बुधबार साढे ३ बजेपछि सकिएकाे हाे ।

अध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा छन् । बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला, विवेक त्रिपाठी प्रतिष्पर्धामा छन् । बैनबहादुर र माधवको प्यानल नै छ ।

बैनबहादुर स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका र माधव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र हुन् । विवेकले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्मेदवारी फिर्ता लिएनन् ।

खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।

पृथ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा गीता बिक र राधिका शाही योगीले उम्मेदवारी दिएका छन् । उपसचिवमै संगीता सुवेदी पनि प्यानलबाहिरबाट होमिएकी छन् ।

खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।

यो अधिवेशनले १२२ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ