पोखरा । नेकपा एमालेको कास्की जिल्ला नेतृत्वमा बैनबहादुर अधिकारी क्षत्री प्यानल नै निर्वाचित भयो ।
पदाधिकारीमा सर्वाधिक बढी मतान्तरले सचिवमा दर्शन लामा विजयी भए । निवर्तमान उपसचिव तथा प्रचार विभाग प्रमुखसमेत रहेका लामा एमाले नेता खगराज अधिकारी समूहका हुन् ।
लामाले प्रतिष्पर्धी पृथ्वीसुब्बा समूहका सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी मध्ये लोकप्रिय मत ल्याएर लामा सचिवमा विजयी भएका हुन् । अनुभवी र युवा नेतृत्व कास्की एमालेले पाएको छ ।
एमाले युवा नेता दर्शन पोखरा वडा नं. १३ को अध्यक्ष बनेर सक्षम नेतृत्व प्रमाणित गरिसकेका हुन् । उनलाई यसअघि नै मेयरको सम्भावित उम्मेदवारका रुपमा पनि हेरिएको थियो । पार्टीको कास्की जिल्ला उपसचिवमा जितेर प्रचार विभाग प्रमुख भएर मिडियासँग निकट रहँदै जनजनमा दर्शन भिजिसिकेका छन् ।
यस्तो छ दर्शनको राजनीतिक जीवन
२०५८ सालमा प्ररायु संघ नेपाल, आर्वाविजय गाउँकमिटिबाट प्रत्यक्ष राजनीति सुरु गरेका दर्शन त्यसपछि जिल्ला कमिटि कास्कीको सदस्य भए ।
युवा संघ नेपालको उपाध्यक्ष हुँदै अध्यक्ष बनेर नेतृत्व दिए । युथ फोर्स कास्कीको प्रमुख भएर पनि नेतृत्व गरे । युवा संघ नेपालको केन्द्रीय कमिटि सदस्य बनेका उनी युथ फोर्स नेपालकै प्रमुख बने ।
२०६६ सालमा नेकपा एमाले क्षेत्र नं. २ कमिटि सदस्य बने । २०७० सालदेखि २ कार्यकाल एमाले कास्कीको सदस्य भए । २०७८ मा एमाले कास्कीको उपसचिव जिते ।
२०७४ देखि २०७९ सम्म पोखरा महानगरपालिका वडा नं. १३ को वडाध्यक्ष बनी आफूलाई प्रमाणित गरे । पोखरा वडा नं. १३ पोखराकै नमुना वडाका रुपमा रह्यो ।
नेकपा एमालेकै मेयर रहँदा उनले राम्रो कामलाई पूर्ण साथ दिएर नराम्रोलाई नराम्रो भयो, सुध्रिनुस, सच्चिनुस् भन्दै ध्यानाकर्षण गराइरहे ।
उनले साझा वडा अध्यक्षका रुपमा वडामा सबैको साथ समर्थन लिएर अघि बढे र वडाबासीको प्रिय बने । उनले राजनीतिशास्त्रमै स्नातकोत्तर पढेर योग्य बनेका छन् ।


सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो